Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ निमोनियाका कारण रुपन्देहीका पत्रकार चौहानको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निमोनियाका कारण रुपन्देहीका पत्रकार चौहानको मृत्यु

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७८ · 0
निमोनियाका कारण रुपन्देहीका पत्रकार चौहानको मृत्यु
60
SHARES
ShareTweet

भैरहवा, ३० भदौ । रुपन्देहीको लुम्बिनी क्षेत्रमा रहेर पत्रकारिता गर्दै आउनु भएका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा महासंघ रुपन्देहीका पुर्व कार्यसमिति सदस्य चौहानको मंगलबार राती १२ बजे उपचारका क्रममा मृत्यु भएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिनुभयो । निमोनियाको समस्या देखिए पछि ४९ वर्षीय चौहानको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस)भैरहवामा उपचार भैरहेको थियो ।
लुम्बिनी क्षेत्रमा रहेर पत्रकारिता गर्दै आउनुभएका चौहानलाई तीन दिन अघि निमोनिया देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो । तर, स्वास्थ्य अवस्था थप गम्भीर भएसँगै युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवामा भर्ना गरिएको थियो ।
विगत दुई दशकदेखि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर पत्रकारिता गर्दै आउनुभएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी रहेका छन् । पत्रकार चौहानको निधनप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति, महासंघ रुपन्देही शाखा, नेपाल प्रेस युनियन रुपन्देही, नेपाल प्रेस संगठन, प्रेस चौतारी, प्रगतिशिल पत्रकार संघ लगायतका पेशागत संगठनले दुख व्यक्त गरेका छन् ।

≪ Previous Post

एमाले अध्यक्ष ओलीले आज बुटवलमा कार्यकर्तालाई सम्बोधन गर्ने

Next Post ≫

माधव नेपालले पार्टीमाथी बन्चरो प्रहार गरेर अपराध कर्म गरेको ओलीको आरोप

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क