Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ माधव नेपालले पार्टीमाथी बन्चरो प्रहार गरेर अपराध कर्म गरेको ओलीको आरोप
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

माधव नेपालले पार्टीमाथी बन्चरो प्रहार गरेर अपराध कर्म गरेको ओलीको आरोप

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७८ · 0
माधव नेपालले पार्टीमाथी बन्चरो प्रहार गरेर अपराध कर्म गरेको ओलीको आरोप
110
SHARES
ShareTweet

बुटवल, ३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमाथि बञ्चरो प्रहार गरेर अपराधकर्म गरेको आरोप लगाउनुभएको छ । प्रतिक्रियाबादीको सेवा गर्दै शेरबहादुर देउबा नेतृत्वको सरकार बनाउने माधव नेपाललाई कमरेड भन्न पनि नसुहाउने टिप्पणी अध्यक्ष ओलीले गर्नुभयो ।
माधब नेपाल प्रति आक्रोश पोख्नुभएका पूर्व प्रधानमन्त्री ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको काम गर्न नसक्ने दाबी गर्नुभयो ।
बुधबार बुटवलमा नेकपा एमालेको रुपन्देही जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन पार्टी अध्यक्ष ओलीले सरकार गठन भएको लामो समय बितिसक्दा समेत जनताले आश गर्ने खालका केही काम गर्न नसकेको आरोप लगाउनु भयो । विगतका सरकारले गरेका राम्रा कामलाई समेत संरक्षण गर्न नसकेको भन्दै अध्यक्ष ओलीले अब सरकारको बिहीबारदेखि बजेटसमेत खर्च गर्न नसक्ने अवस्था सिर्जना हुने हुनाले सरकारको हैसियत देखिने बताउनु भयो । ‘अघिल्लो सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्ने उद्देश्यले ल्याएको विधेयक पास गर्ने समय आज मध्यरातदेखि सकिने हुँदा भोलिदेखि देउबा सरकारलाई बजेट खर्च गर्न पनि समस्या हुने उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले एमालेको सरकारले गरेको विकास देखेर आत्तिँदै प्रतिक्रियावादीहरुले सरकार ढालेको आरोपसमेत लगाउनु भयो । विकास निर्माणका कामले गति लिएको अवस्थामा सरकारका विरुद्ध संगठित भएर प्रतिपक्षले विकासको गतिलाई रोक्ने प्रयास गरेको उहांको आरोप थियो ।
एमाले केही समय मात्र पतिपक्षमा :विष्णु पौडेल
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका नेता विष्णु पौडेलले एमाले केही समयमात्र प्रतिपक्षमा रहने बताउनुभयो । देउवा सरकारले जनताको मन जित्ने काम गर्न नसकेको भन्दै उहांले केही समयपछि फेरी एमाले सत्तामा आउने बताउनुभयो । एमालेले आफै सत्ता चाहेकोभन्दा पनि जनतालाई एमाले सत्तामा गएको हेर्ने चाहना भएकाले नै एमाले सत्तामा जाने गरेको उनको भनाइ थियो । एमालेमा राज्यसत्ताको दुरुपयोग गरेरभन्दा पनि जनताको विश्वास जितेर चुनाव जित्ने ल्याकत रहेको भन्दै पुर्व अर्थमन्त्री पौडेलले जनतामा जान एमालेसँग प्रशस्त मुद्दा र एजेण्डा रहेको उल्लेख गर्नुभयो ।
पौडेलले एमाले विभाजन गर्न ल्याइएको अध्यादेशले एमाले विभाजन नभई पार्टीभित्रका केही स्वार्थी तत्वहरु मात्र बाहिर गएको र पार्टीभित्र देखिएको अन्तरविरोध वैचारिक लडाइँ नभएर स्वार्थको लडाइँमात्र रहेको दाबी गर्नुभयो ।
एमालेलाई उत्ताउलो हुने छुट छैन :घनश्याम भुसाल
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले सबैभन्दा ठूलो पार्टी भएकाले कमजोरी गर्ने र उत्ताउलो हुने छुट नभएको बताउनु भयो । विभाजित हुँदा पनि एमाले नै सबैभन्दा ठूलो पार्टी रहेको भन्दै कमजोरी गर्ने र उत्ताउलो हुने छुट नभएको उल्लेख गर्नुभयो । एमालेलाई २०७४ सालकै अवस्थामा फर्काउने भन्दै उहांले एमालेमा आन्तरिक लोकतन्त्र बलियो बनाउन सके मुलुकमा एमालेलाई हराउने शक्ति नै नहुने जिकिर गर्नुभयो ।
कोही शेरबहादुरको पुच्छर बने :टोपबहादुर रायमाझी
कार्यक्रममा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले शेरबहादुर देउवालाई टीका लगाई प्रधानमन्त्री बनाइएको टिप्पणि गर्नुभयो । जनादेशको विरुद्ध परमादेशबाट शेरबहादुर देउवालाई टीका लगाइदिएर प्रधानमन्त्री बनाइएको भन्दै यसबाट विदेशी शक्ति केन्द्र एकातिर र केपी ओलीको नेतृत्व अर्कोतिर भएको बताउनु भयो ।
पार्टी अनुशासनमा नबस्ने नेताहरुलाई पार्टीले कारबाही गरेको जिकिर गर्दै उहांले संसदमा पनि बहुमत जुटाउन नसक्ने, पार्टीमा पनि बहुमत नपुग्ने भएपछि कोहीकोही शेरबहादुर देउवाको पुच्छर बनेको टिप्पणी गर्नुभयो ।
एमाले एकतावद्ध र पुनर्जागृत :छविलाल विश्वकर्मा
एमाले नेता छविलाल विश्वकर्माले अहिलेको परिस्थिति असामान्य रहेको भन्दै विस्तारै सामान्यतर्फ जाँदै गरेको बताउनुभयो । उहांले १० बुँदे सहमतिपछि एमाले अहिले झन् एकतावद्ध र पुनर्जागृत भएको जिकिर गर्दै राष्ट्रका समस्या समाधानमा बलियो शक्ति बन्ने दावी गर्नुभयो ।

≪ Previous Post

निमोनियाका कारण रुपन्देहीका पत्रकार चौहानको मृत्यु

Next Post ≫

विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस एवं वास्तु दिवस मनाइंदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क