Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एमाले अध्यक्ष ओलीले आज बुटवलमा कार्यकर्तालाई सम्बोधन गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमाले अध्यक्ष ओलीले आज बुटवलमा कार्यकर्तालाई सम्बोधन गर्ने

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७८ · 0
एमाले अध्यक्ष ओलीले आज बुटवलमा कार्यकर्तालाई सम्बोधन गर्ने
80
SHARES
ShareTweet

बुटवल, ३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) बुटवल आउदै हुनुहुन्छ । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओली बुटवल आउन लाग्नुभएको हो । केहिदिन देखि देश दौडाहमा निस्कनुभएका अध्यक्ष ओलीले मंगलबार आफ्नो गृहजिल्ला झापामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्नुभएको थियो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टर (रङ्गशाला) नजिकैको खुला मैदानमा रुपन्देही जिल्ला स्तरीय कार्यकर्ता भेला आयोजना गरिएको एमाले रुपन्देही प्रचार विभाग प्रमुख मोहन चापागाईले जानकारी गराउनु भयो । उहांका अनुसार भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
भेलाको ब्यवस्थापकीय तयारी सबै पुरा भएको र भेलामा जिल्लाका १६ वटै स्थानीय तहका अगुवा नेता कार्यकर्ताहरु सहभागी हुने पार्टीे जिल्ला सचिवालय सदस्य ऋषिराम पाण्डेले बताउनु भयो ।
एमाले रुपन्देही अध्यक्ष शिब सुबेदीका अनुसार एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न निर्देशन दिए बमोजिम जिल्लामा बृहत् भेला आयोजना गरिएको हो ।
यस्तै गुल्मीको तम्घासमा आज आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई एमाले नेताहरु प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्टले सम्बोधन गर्नुहुने छ । नेताद्वय ज्ञवाली र विष्टले दिउँसो साढे १ बजे सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमका लागि दुबै नेताहरु सदरमुकाम तम्घास आइपुगेका नेकपा एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिनुभयो ।

≪ Previous Post

२७ करोड लागतमा बुटवल ११ मा बहुउद्देश्यीय खुलामञ्च बन्ने

Next Post ≫

निमोनियाका कारण रुपन्देहीका पत्रकार चौहानको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क