Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ २७ करोड लागतमा बुटवल ११ मा बहुउद्देश्यीय खुलामञ्च बन्ने
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

२७ करोड लागतमा बुटवल ११ मा बहुउद्देश्यीय खुलामञ्च बन्ने

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७८ · 0
२७ करोड लागतमा बुटवल ११ मा बहुउद्देश्यीय खुलामञ्च बन्ने
90
SHARES
ShareTweet

एकसाथ एकलाख जना अट्ने खुलामञ्चको गुरुयोजना तयार
बुटवल, ३० भदौ । वर्षेनी बढ्दो जनघनत्व र बस्ती विकासका कारण तराईमा खुला क्षेत्र तीब्र रुपमा मासिएका छन् । सार्वजनिक र संरक्षण गरेर राखिएका जग्गाहरु पनि अनेक नाममा अतिक्रमण भएर साँघुरो भएको अवस्था छ ।
यस्तै अवस्थाको विश्लेषण गर्दै बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै त्यसको बहुउपयोग गर्ने योजना सहित बुटवल ११ देबीनगर स्थित सार्वजनिक जग्गालाई खुला क्षेत्रका रुपमा र बहुउपयोग हुनेगरि संरक्षण गर्न थालेको छ ।
खाली र खुला ठाउँको अभाव महसुश भइरहेका बेलामा उपमहानगरले खाली जग्गा संरक्षण गर्दै खुलामञ्च बनाउने योजना बनाएको हो । बुटवल खुलामञ्च निर्माणका लागि गुरुयोजना बनाइएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
खुलामञ्चको प्रस्तावित करिब १४ विगाह क्षेत्रलाई समेटेर गुरुयोजना तयार भइसकेको छ । गुरुयोजनामा प्राविधिक तथा विषयविज्ञहरुबाट थप केही सुझाव लिने क्रम चलिरहेको र अबको केही समयमै निर्माणकार्य सुरु हुनेगरि तयारी भइरहेको प्रमुख सुवेदीले बताउनुभयो ।
बुटवलको सबैभन्दा ठूलो र मुलुकमै सबैभन्दा धेरै जनघनत्व रहेको बुटवल ११ तल्लो देबीनगर स्थित एन्फा एकेडेमी (रङ्गशाला) नजिकै तिनाउ करिडोको खाली जग्गामा खुलामञ्च निर्माणको तयारी भइरहेको छ ।
जनघनत्व, सवारी चाँप र बाक्लो बस्तीका बीचमा रहेको खुला जग्गाको संरक्षण पनि हुने र बहुउपयोग पनि हुनेगरि गुरुयोजना तयार पारिएको प्रमुख सुवेदीले बताउनुभयो । बुटवल खुलामञ्चलाई कार्यक्रम गर्न, सभा समारोह गर्न, सम्मेलन गर्न मात्र नभई विभिन्न आपत्कालिन अवस्थाको उद्दार स्थलका रुपमा समेत उपयोग गर्न सकिने गरि गुरुयोजनामा समेटिएको प्रमुख सुवेदीको भनाइ छ ।
बुटवल उपमहानगरले यसलाई बहुवर्षे योजनाका रुपमा अगाडि बढाउँदैछ । बुटवलको दीर्घकालीन गुरुयोजनामा परिकल्पना गरिएअनुरुपको यो एउटा खुलामञ्च हो । सुरुमै जग्गा संरक्षण, तारबार र व्यवस्थित बाउण्ड्री निर्माणको काम अगाडि बढाइने र बाँकी कामलाई चरणबद्ध रुपमा अगाडि बढाइने छ ।
उपमहानगरका वरिष्ठ इन्जिनियर तथा सहरी विकास योजना महाशाखा प्रमुख सुमन श्रेष्ठ र अर्का वरिष्ठ इन्जिनियर गौतम रौनियार तथा डीपीआर बनाउने काममा खटिएकी इको इन्नोभेटिभ इन्जिनियररिङ प्रालि तिलोत्तमा रुपन्देहीकी सिनियर आर्किटेक इन्जिनियर प्रभा पाण्डेसहितको प्राविधिकहरुको टोलीले अहिले प्रस्तावित गुरुयोजनामा सुझाव संकलन गरिरहेको छ ।
गुरुयोजना अनुसारका काममा विषय विज्ञहरुसंग सुझाव लिन खटिने टोलीलाई प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, वडा अध्यक्ष रामचन्द्र क्षेत्री र उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले समन्वय गरिरहनुभएको छ ।
बुटवल खुलामञ्चमा एकलाख अट्ने खुला मैदान
करिब १४ विगाह क्षेत्रफलमा खुलामञ्च बन्ने र त्यहाँ एक लाख जना एकै पटक जम्मा हुन मिल्नेगरि खुला मैदान बनाइने छ । मैदानलाई विशेष तारजाली र हरियालीले सजाइने छ । मैदान प्रवेश र निकासका अलग अलग द्वार र आपतकालिन द्वार बन्नेछन् ।
एकैपटक करिब ८ सय जनाले प्रयोग गर्न मिल्नेगरि सार्वजनिक शौचालय बनाइने छन् । आठ लाख ९३ हजार नौ सय ७७ वर्ग मिटर क्षेत्रफलमा खुलामञ्च र बाँकी क्षेत्रमा विशेष मञ्च, मञ्चसंगै पछाडि भागमा आठ वटा अलग अलग प्रयोजनका कोठा, तीन तहका पार्किङ् र प्राथमिक उपचार कक्ष बन्नेछन् ।
खुलामञ्चको दक्षिणमा तिनाउ कोरिडोर रहने छ । करिडोर र खुलामञ्चको बीचको भागमा हरियालीसहितको गार्डेन र फुटपाथ रहने छ । खानेपानीका फिल्टरयुक्त ट्यांकीसमेत विभिन्न ठाउँमा राखिनेछ । यसको आर्किटेक डिजाइन गरिरहेकी इन्जिनियर प्रभा पाण्डेले खुला र उपयुक्त क्षेत्र रहेकाले भरपूर डिजाइन गरेर संरचना निर्माण गर्न सकिने बताउनुभयो । उहाँले बुटवलका लागि भविष्यमा बहुउपयोग गर्न मिल्ने र शौन्दर्यता झल्काउने विशेष क्षेत्रका रुपमा खुलामञ्च निर्माण हुने प्रशस्त आधार रहेको बताउनुभयो ।
एक लाख भन्दा धेरै जना अट्न सक्नेगरी खुलाक्षेत्रको चौरमा त्यतिको संख्यामा आउने मानिसहरुले प्रयोग गर्ने सवारी साधनलाई समेत तीन तहमा पार्किङ र आवागमनका विशेष रुट बनाइने भएको छ ।
भीआइपीले प्रयोग गर्ने सवारीसहित एक सय ६० वटा चार पाङ्ग्रे र करिब छ सय जति दुई पाङ्ग्रे साना सवारीलाई पार्किङ गर्न मिल्नेछ । पब्लिक बस तथा सवारीहरुलाई पनि खुलामञ्चको दुबैतिरबाट आवागमन मिल्नेगरि रुटको व्यवस्था मिलाइने भएको छ । खुलामञ्चको पहिलो चरणको कामका लागि निर्माण लागत करिब एक करोड अनुमान गरिएको छ । गुरुयोजना अनुसारका सबै कामका लागि करिब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ भने तीन वर्षसम्ममा सबै चरणका निर्माण कार्य सक्ने लक्ष्य छ ।

≪ Previous Post

बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा प्रशासनको निषेधाज्ञा

Next Post ≫

एमाले अध्यक्ष ओलीले आज बुटवलमा कार्यकर्तालाई सम्बोधन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क