Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ पाका पुस्तालाई समय विताउन सहज हुने गरि बुटवलका १९वटै वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाका पुस्तालाई समय विताउन सहज हुने गरि बुटवलका १९वटै वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र

संसारपोस्ट संवाददाता · १० श्रावण २०७६ · 0
पाका पुस्तालाई समय विताउन सहज हुने गरि बुटवलका १९वटै वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र
140
SHARES
ShareTweet

बुटवल १० साउन
प्रदेश पाँचको अस्थायी मुकाम रहेको बुटवल उपमहानगरपालिकाले एक वडा एक ज्येष्ठ नागरिक मिलन केन्द्रको अभियान सुरु गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडामा ज्येष्ठ नागरिकका लागि मिलन केन्द्र सञ्चालन गरिने भएको छ् ।
नगरका ज्येष्ठ नागरिकहरुलाई भेट्ने, भलाकुसारी गर्ने, गफिने, अनुभव साटासाट गर्ने र त्यहीँ बेलाबेलामा उनीहरुको स्वास्थ्य चेकजाँच समेत गर्ने गरि बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिक मिलन केन्द्रको अवधारणा ल्याएको हो ।
यसलाई उपमहानगरले नीति तथा कार्यक्रममै समावेश गरेको थियो । तीव्र शहरीकरण र सन्तानहरु अनेक काममा व्यस्त हुँदा ज्येष्ठ नागरिकहरु टहलाउने र भुल्ने ठाउँको अभाव भइरहेका बेलामा बुटवल उपमहानगरले खुला ठाउँमा हरियाली सहितका मिलन केन्द्र बनाउन सुरुआत गरेको छ ।
बुटवल–१३ बेलबासमा मिलन केन्द्रको शुक्रबार शिलान्यास गर्दै उपप्रमुख गुमादेवी आचार्यले ज्येष्ठ नागरिकलाई आनन्ददायी तरिकाले समय बिताउन सहयोग पु¥याउने उद्देश्यले ज्येष्ठ नागरिक मिलन केन्द्रको अवधारणा ल्याइएको बताउनुभयो ।
पाकापुस्ताका अनुभवहरु नयाँ पुस्ताका लागि मार्गदर्शन बन्ने भएकाले त्यस्ता मिलन केन्द्रमा समय समयमा अनुभव आदानप्रदानका कार्यक्रमहरु पनि राख्न मिल्ने गरि गुरुयोजना बनाउन लगाइएको उपप्रमुख आचार्यले बताउनुभयो । मिलन केन्द्रमै बेलाबेलामा ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँचसमेत गरिने छ ।
ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि मिलन केन्द्रको अवधारणा ल्याइएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । ज्येष्ठ नागरिकलाई आनन्दमय तरिकाले चिन्तन÷मनन गर्ने र त्यहीँ आफ्नो स्वास्थ्यको समेत चेकजाँच गर्न पाउने सहितको व्यवस्था मिलाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।
बुटवल वडा नं. १३ वडा अध्यक्ष नारायणप्रसाद पुनले वडाका जेष्ठ नागरिकलाई घरमा वस्दा वोहोर लाग्ने भएकाले मिलन केन्द्रमा राखेर दिन भरि भुलाउने साँभपरेपछि घर लैजाने गरि व्यवस्था मिलाउने बताउनु भयो ।
बेलबासमा शिलान्यास भएको ज्येष्ठ नागरिक मिलन केन्द्र करिब ३० लाख बराबरको लगानीमा बन्ने छ । यस्का लागि कोरियन भोलेन्टियर प्रोग्राम अन्तर्गत सहयोग प्राप्त भएको छ ।
तीन महिनामा निर्माण सम्पन्न गर्ने गरि उपभोक्ता समितिमार्फत काम सुरु गरिएको र त्यो उपभोक्ता समितिमा ज्येष्ठ नागरिक नै रहने प्रावधान राखिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।
उपमहानगरका समावेशीकरण तथा मूल प्रवाहीकरण शाखाका प्रमुख दामोदर ज्ञवालीका अनुसार सबै वडामा ज्येष्ठ नागरिक मञ्च सम्बन्धी समितिहरु गठन भइसकेका छन् । ज्येष्ठ नागरिक मञ्च गठन तथा सञ्चालन कार्यविधि–२०७५ स्वीकृत भएको र सोही अनुरुप ६० वर्ष उमेर पूरा भएकालाई ज्येष्ठ नागरिक परिचयपत्र वडाबाटै वितरण भइरहेको शाखा प्रमुख ज्ञवालीले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकामा ७० वर्ष उमेर पूरा भएका तीन हजार ६ सय १७ जना र ६० वर्ष उमेर पूरा भएका दलित ज्येष्ठ नागरिक ६ सय ५९ जनाले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन्

≪ Previous Post

गुल्मी पहिरो अपडेट , ज्यान गुमाउने १३ जनाको शव आफन्तको जिम्मा लगाइयो

Next Post ≫

स्कुल बसमा नक्कली नोट र लागूऔषध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क