Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गुल्मी पहिरो अपडेट , ज्यान गुमाउने १३ जनाको शव आफन्तको जिम्मा लगाइयो
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मी पहिरो अपडेट , ज्यान गुमाउने १३ जनाको शव आफन्तको जिम्मा लगाइयो

संसारपोस्ट संवाददाता · १० श्रावण २०७६ · 0
गुल्मी पहिरो अपडेट , ज्यान गुमाउने १३ जनाको शव आफन्तको जिम्मा लगाइयो
120
SHARES
ShareTweet


गुल्मी १० साउन
गुल्मीको सत्यवति गाउँपालिकामा मृतक १३ जनाको सव आफन्तले बुझेका छन् । बिहिवार मात्रै मृतक र बेपत्ता सहित १३ जनाको सव फेला परेको हो ।

सबै सवको पोष्ट मार्टम गरि आफन्तले बुझाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । मंगलवार राती अबिरल वर्षासँगै पहिरोमा परेर सत्यवति गाउँपालिका वडा नम्बर ३ र ४ को लिम्घा र ठूलोलुम्पेकमा डेढ बर्षीय बालक सञ्जु विक, तारा बिक, माया बिक, बवि विक, निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक, सिवानी विक, तिल कुमारी तरामु, छोरा दर्शन तरामु र दुर्गाबहादुर सिंजालीको मृत्यु भएको थियो ।

पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी त्ररामुलाई दुई दिन पछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहितको टोलीले हेलिकप्टर मार्फत उपचारको लागि काठमाडौँ लगिएको छ । घाइते २ जनाको टाउकोमा चोट भएकाले थप उपचारको लागि काठमाडौं पठाउनु परेको उपचारमा खटिनु भएकी डक्टर शिला ढकालले बताउनु भयो ।उनिहरुको काठमाडौंको त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । मृतका परिवारलाई तत्कालको लागि क्रियाखर्च वापत गाउँपालिकाले रु १० हजारका दरले उपलबध गराउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
अरु थप राहतको लागि केन्द्र सरकार र प्रदेश सरकारको समन्वयमा उपलब्ध गराइने प्रजिअ पौडेलको भनाई छ । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि हेलिकप्टर मार्फत हेलिकप्टरले २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठुलोलुम्पेकमा छोडेको पौडेलले बताउनु भयो ।

पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । प्रभावित क्षेत्रमा ५ सय वढि साना ठूला पहिरो र ३ सय पशु चौपायाँ मरेको अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा भएको क्षती र बिस्थापित परिवारको नामावली संकलन सुरु गरिदैंछ ।

≪ Previous Post

मनसुनपछिको विपदबाट १११ जनाको मृत्यु, ४० बेपत्ता

Next Post ≫

पाका पुस्तालाई समय विताउन सहज हुने गरि बुटवलका १९वटै वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क