Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल र मलेशिया बीच पर्यटन प्रवद्र्धनमा सहकार्यमा जोड
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल र मलेशिया बीच पर्यटन प्रवद्र्धनमा सहकार्यमा जोड

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७८ · 0
नेपाल र मलेशिया बीच पर्यटन प्रवद्र्धनमा सहकार्यमा जोड
80
SHARES
ShareTweet

काठमाडौं, १२ भदौ । नेपाल र मलेशियाबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी र नेपालका लागि मलेशियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोहद फाजेल अबु हसन बीच शुक्रवार भेटवार्ता भएको छ । मलेशियन राजदुतावासमा आयोजित भेटमा दुवै देशले स्वास्थ्य मापदण्ड पालना गर्दै एक अर्को देशको पर्यटन प्रर्वद्धनको लागि सहकार्य गर्न सकिने कुरामा जोड दिइएको छ । भेटका क्रममा दुवैदेशका कुटनीतिक व्यक्ति,सेलिब्रेटी,सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो ।
बोर्डका कार्यकारी प्रमुख (सिइओ)रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा डिजिटल मार्केटिङमा जोड दिँदै बिटुबीका माध्यमबाट दुवै देशको पर्यटन प्रर्वद्धन गर्न सकिने धारणा राख्नु भयो । यस्तै उहाँले नेपालका विभिन्न क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भएकोले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको बताउनु भयो । यस्तै उहाँले मलेशियामा नेपालको प्रवद्र्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा मलेशियाको प्रवद्र्धन गर्न नेपालको सरकारी सञ्चारमाध्यम हरुबीच सहकार्य गर्न सकिने उल्लेख गर्नु भयो ।
भेटका क्रममा मलेशियन राजदूतावासका फस्ट सेक्रेटरी मोहद फाजेल अबु हसनले नेपाल र मलेशियाबीच विभिन्न कोणले सुमधुर सम्बन्ध रहेको बताउँदै कोभिडकै बीचमा स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई सुचारु गर्न सकिने विषयमा आफुहरुले पनि छलफल गरिरहेको बताउनु भयो । उहाँले मलेशिया नेपालीको श्रम गन्त्वय मात्र नभएर पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै आपसी सहकार्यबाट दुवै देशको पर्यटन विकास गर्ने सन्दर्भमा आफुले प्रसास गर्ने धारणा राख्नुभयो ।
यस्तै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपालले मलेशियामा आयोजना हुने विभिन्न मार्टमा सहभागिता जनाउँदै आएको बताउँदै कोभिडका बीच पनि स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई चलायमान बनाउन सकिने बताउनु भयो । उहाँले अहिलेको अवस्थामा अनलाईन मार्केटिङका माध्यमबाट पर्यटन प्रवद्र्धनको लागि काम गर्न सकिने बताउनु भयो । नेपाल पर्यटन बोर्डले कोभिडकै बीचमा पनि नेपालको पर्यटनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भनेर विभिन्न देशका राजदुतहरुसँग निरन्तर भेटघाट तथा छलफल गरिरहको छ । बोर्डले यसअघि कतार, थाइल्याण्ड र श्रीलंकाका राजदूतसँग भेटघाट तथा छलफल गरेको बोर्डका मिडिया कन्सल्टेन्ट टीपी भुसालले जानकारी दिनुभयो ।

≪ Previous Post

रोटरीले समाजमा प्रभाव पार्ने काम गर्नुपर्ने

Next Post ≫

साउन महिनामा उत्कृष्ट काम गर्ने रुपन्देहीका तीन जना प्रहरी इन्चार्ज पुरस्कृत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क