बुटवल, १२ भदौ । रोटरी क्लव अफ बुटवल वर्ष २०२१÷२२ को नवौं एवं क्लवको १३७९ औं नियिमत बैठक शनिबार सम्पन्न भएको छ ।
बैठकमा गेष्ट स्पिकरको रुपमा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का मेम्बरसिप चेअर सुशिल रिजाल सहभागि हुनुभएको थियो । बैठकलाई संबोधन गर्दै उहांले कति संख्यामा रोटरीयनहरु वृद्धि ग¥यौं भन्दा पनि उनीहरुलाई रोटरीयन बनाइराख्न सक्यौं कि सकेनौं भन्ने कुरा महत्वपूर्ण रहेको बताउनु भयो ।
रोटरी पनि अव समयअनुसार परिवर्तित हुनुपर्नेमा जोड दिंदै रिजालले नयाँ सोंच र योजना अनुसार रोटरीलाई अगाडि बढाउनुपर्ने र सामाजिक क्षेत्रमा प्रभाव पार्न सक्नुपर्ने बताउनु भयो । उहांले रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ ले क्लवका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गर्ने योजना बनाएको उल्लेख गर्नुभयो ।
बैठकमा रोटरीयन मणिरत्न पाण्डेले मेम्बरसिपको बारेमा आरआइ डिष्ट्रिकको योजनाबारे जिज्ञासा राख्नुभएको थियो । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा आयोजित भर्चुअल बैठकमा सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराउनु भएको थियो भने रोटरीयनहरु डा. नारायणप्रसाद पन्थ, त्रिभुवन श्रेष्ठ, श्रीकृष्ण पोखरेल, रुपलाल पन्थी लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।