Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ भारी वर्षाले तराईमा मच्चायो वित्तन्डा, बाढीले बगाउंदा ३ जनाको मृत्यु
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारी वर्षाले तराईमा मच्चायो वित्तन्डा, बाढीले बगाउंदा ३ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७८ · 0
भारी वर्षाले तराईमा मच्चायो वित्तन्डा, बाढीले बगाउंदा ३ जनाको मृत्यु
100
SHARES
ShareTweet

रुपन्देही र नवलपरासीमा गरि ४ जना बेपत्ता
नवलपरासी, १२ भदौ । बिहीबारदेखि परेको भारी वर्षाकाकारण देशका ठाउं–ठाउंमा जनधनको ठूलो क्षतिभएको छ । भारी वर्षासँगै आएको बाढीले बगाउँदा नवलपरासी पश्चिममा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८, बन्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षका प्रदिप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायवउपरीक्षक राजु लामाले बताउनुभयो । सुनवल नगरपालिका –१४ की एलिसा तामाङ बेपत्ता भएकी छन् ।
घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको लामाले जानकारी दिनुभयो । उनीहरूको शव केहीतल खेतमा फेला परेको थियो ।
तामाङको अवस्थाभने अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिनु भयो । उहाँलाई पनि बाढीले बगाएको अनुमान प्रहरीको छ । रातिदेखिको भीषण वर्षाले नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ । डुबानका कारण परासीका घर र पसलमा बाढी पस्दा लाखौंको क्षतिभएको प्रारम्भिक अनुमान छ । यसैगरी पुर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना गम्भीर घाइते भएका छन् ।
चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिनुभयो । अविरल वर्षाका कारण गएको पहिरोले पुलामीको घर पुरिएको छ । पहिरोमा परेर घाइते हस्त बहादुरलाई उपचारकालागि सदरमुकाम कावासोती पठाइएको छ भने बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै रुपन्देहीको दानव खोलामा आएको बाढीले बगाउँदा सम्मरीमाई गाउँपालिका–३ पिपरहवाका २३ वर्षीय बब्लु लोध बेपत्ता भएका छन् ।
शुक्रबार बिहान ६ बजेतिर खोलामा दाउरा खोज्न गएका बेला लोध बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायवउपरिक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बरका ४ बस्ने ५० वर्षिय रामेश्वर कहारलाई रोहिणी खोलाले बगाउदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

ओभरलोड र अनियन्त्रित नदी दोहनले बुटवल नारायणघाट सडक खण्डका दुई पुल भासिए :सडक अवरुद्ध

Next Post ≫

रोटरीले समाजमा प्रभाव पार्ने काम गर्नुपर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क