काठमाडौं, १० भदौ । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को आज(बिहीबार) निधन भएको छ । टुहुरेको काठमाडौं स्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
मंगलबार घरमा एक्कासी लडेर घाइते भएपछि टुहुरेलाई बयोधा अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप, मुटु, फोक्सो र मधुमेहका दीर्घरोगी टुहुरे माओबादी केन्द्र निकट जनसाँस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो । टुहेरेले डेढ सयबढी जनपक्षीय गीत रेकर्ड गराउनु भएको छ ।
स्वर्गीय टुहुरेको पार्थिव शरीर दिउसो दुई बजेसम्म माओबादी केन्द्रको पार्टी केनद्रीय कार्यालय पेसिरडाँडामा राखिएको छ । पारिवारिक स्रोतका अनुसार उहांको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
