संसार पोष्ट
पाल्पा, ९ साउन । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका ३ श्रीडाँडा ढुङ्गाखानी नजिकै मोटर साईकल दुर्घटना हुंदा एक जनाको ज्यान गएको छ । विहिबार खानीबाट श्रीडाडाँ तर्फ जाँदै गरेको लु ४५ प ७८१२ नम्वरको मोटसाईकल अनियन्त्रित भई दुर्घटना हुंदा मोटरसाईकल चालक तिनाउ गाउँपालिका ३ का ३१ वर्षीय बुद्धबहादुर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ । खानीबाट घर जाँदै गर्दा दर्लामी दुर्घटानामा पर्नुभएको हो । दुर्घटनामा घाईते भएका दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
