Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ सर्ने रोग लागेकाको सङ्ख्या बढ्दो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सर्ने रोग लागेकाको सङ्ख्या बढ्दो

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७६ · 0
सर्ने रोग लागेकाको सङ्ख्या बढ्दो
50
SHARES
ShareTweet

न
काठमाडौँ, ९ साउन । बदलिँदो रहनसहन र खानपानका कारण मिर्गाैला, मुटु, श्वासप्रश्वास र मधुमेहजस्ता नसर्ने रोगीका सङ्ख्या बढेको एक अध्ययनले देखाएकोे छ । अस्पतालमा आएका बिरामीका सङ्ख्याका आधारमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर सम्पन्न गरेको नसर्ने रोगसम्बन्धी अनुसन्धानले ती चार प्रकारका रोगी बढिरहेको उजागर गरेको छ ।
सन् २०१६ बाट शुरु भई सन् २०१८ मा ७२ जिल्लाका २० वर्षमाथिका १३ हजार बिरामीमा गरिएको सो अनुसन्धानले कर्णाली प्रदेशमा र प्रदेश नम्बर २ मा ती चार प्रकारका रोगी उच्च भेटिएको विहीवार काठमाडौमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।
प्रारम्भिक प्रतिवेदनले कूल मृत्युमध्ये ती रोगको भार १० प्रतिशत रहेको उल्लेख गरेको छ । परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले सरुवाभन्दा नसर्ने रोगीको सङ्ख्या र मृत्युसमेत बढेको जानकारी दिँदै यसमा सरकारले लगानी बढाउनुपर्ने सुझाव दिनुभयो । “नसर्ने रोग बढ्नुमा बदलिँदो रहनसहन र खानपानका मुख्य कारण रहेको देखियो ।”, उहाँले भन्नुभयो ।
सरकारले मिर्गाैला, मुटु, क्यान्सर रोगीका उपचार गर्न केही आर्थिक सहयोगसमेत गर्ने गर्दछ । कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान रणनीति विसं २०७६ सार्वजनिकसमेत गरिएको थियो । स्वास्थ्य अनुसन्धानलाई गुणस्तरीय बनाउँदै अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यमा आधारित स्वास्थ्य पद्धतिको विकास गर्ने मुख्य ध्येयले परिषद्ले स्वास्थ्य सेवा सङ्घीयतामा गइसकेपछि पहिलोपटक सो रणनीति जारी गरेको हो ।
रणनीतिमा स्वास्थ्य अनुसन्धान प्रणालीको संस्थागत संरचना, जनशक्ति र पूर्वाधार क्षमतालाई सङ्घीयताअनुरुप विकास गर्दै जाने, अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणलाई नीति, निर्माण, योजना तर्जुमा कार्यान्वयनमा उतारिने, अनुसन्धानलाई विश्वसनीय र गुणस्तरीय बनाउन अन्तर्रा्ष्ट्रिय मूल्य र मान्यता तथा मापदण्डअनुसारको बनाउने, अनुसन्धान संस्कृति, नवीनतम ज्ञान, सीप र प्रविधिको विकासलाई प्रवद्र्धन तथा प्रोत्साहन गरिने छ ।
यसैगरी अनुसन्धानको क्षेत्रमा साझेदारी प्रवद्र्धन गरिने, देशमा उपलब्ध जडीबुटी, खनिज, आयुर्वेद तथा परम्परागत चिकित्सासम्बन्धी ग्रन्थ, ज्ञान, सीप आदिको थप अनुसन्धान गर्र्दै अभिलेखीकरण गरिनेलगायतका रणनीति रहेका छन् ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा सरकारको लगानी कम भएको गुनासो गर्दै स्वास्थ्य क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न रु ३५ अर्ब आवश्यक पर्ने बताउनुभयो ।
उहाँले प्रश्न गर्नुभयो, “विनियोजित पैसा तलब, सेवा, सुविधा तथा केही मात्र पूर्वाधार विकासमा खर्च हुन्छ । कसरी दिगो विकास लक्ष्य हासिल हुन्छ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य अनुसन्धानलाई आवश्यक पर्ने बजेट मन्त्रालयले प्रदान गर्न कञ्जुस्याइँ गर्दैन भन्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य उषा झाले सबैका लागि स्वास्थ्य नारालाई पूरा गर्न स्वास्थ्य अनुसन्धानलाई जोड दिनुपर्छ भन्नुभयो ।
परिषद्का अध्यक्ष डा अञ्जनीकुमार झा र अनुसन्धान प्रमुख डा धिमालले स्वास्थ्य अनुसन्धान परिषद्को संस्थागत संरचनालाई सुदृढ बनाउँदै यसको कार्य क्षेत्रलाई सङ्घीयताअनुरुप विकास र विस्तार गरिने जानकारी दिनुभयो । (रासस)

≪ Previous Post

पाल्पामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

Next Post ≫

कपिलवस्तु नगरपालिकाका प्रमुख विरुद्ध उप प्रमुखद्वारा मुद्दा दायर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क