Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गुल्मी पहिरोमा परी हराएका चारै जनाको शव फेला पर्यो
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मी पहिरोमा परी हराएका चारै जनाको शव फेला पर्यो

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७६ · 0
गुल्मी पहिरोमा परी हराएका चारै जनाको शव फेला पर्यो
90
SHARES
ShareTweet

लिम्घा र ठूलोलुम्पेकमा गरी मृत्यु हुनेको संख्या १३ पुग्यो



संसार पोष्ट
गुल्मी, ९ साउन । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घा र वडा नम्बर ३ ठूलो लुम्पेकमा गएको पहिरोमा परेर मुत्यृ हुनेको संख्या १३ पुगेको छ । मंगलबार राति परेको अबिरल बर्षाका कारण पहिरोमा परेर बेपत्ता भएका लिम्घाका ७ वर्षीया तारा विक र डेढ वर्षीय बालक सञ्जु विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । उनीहरूको शवलाई जिल्लाबाट डाक्टरको टोली पठाई पोष्टमार्टम गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबीन्द्रबहादुर खड्काका अनुसार हराईरहेका ३ जनाको बुधवार साँझ र एक जनाको बिहीबार बिहान शव फेला परेको हो ।
लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिल कुमारी तरामु मगर र उनका छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो । पहिरोमा पुरिएर घाइते भएका ठूलोलुम्पेकका करिष्मा तरामु र धनी तरामुलाई दुई दिनपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।
पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि बुधबार साँझ हेलिकोप्टरमार्फत केही राहत पहिरो प्रभावित क्षेत्रमा पठाईएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । उहांका अनुसार हेलिकोप्टरले २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठुलोलुम्पेकमा छोडेको छ ।


पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि दुई स्थानका पहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले वताउनु भयो । लुम्पेककै अन्य वस्ती पनि पहिरोको खतरामा रहेकाले सो क्षेत्रका प्रभावित परिवारलाई घरडाँडा,अस्लेवा रामबारी, धर्मपुर मावि, ढुंगा चाल्ने, भानु प्रावि र धर्मपुर प्राविमा व्यवस्थापन गरिएको अध्यक्ष ढकालले बताउनु भयो । त्यस्तै वडा ४ लिम्घाका पहिरो प्रभावित परिवारलाई स्थानीय सरस्वती माविमा व्यवस्थापन गरिएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित गरिएको छ ।

≪ Previous Post

गुल्मीमा गएको पहिरो र क्षतिप्रति काग्रेस संसदीय दलका नेताद्धारा दुःख व्यक्त

Next Post ≫

पाल्पामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क