संसार पोष्ट
बुटवल, ९ साउन । प्रदेश ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पाखरेलले गुल्मीको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकमा पहिरो गई भएको मानवीय एवं भौतिक क्षति प्रति दुःख व्यक्त गर्नु भएको छ ।
संसदीय दलका नेता शर्माले बिहिबार बिज्ञप्ति जारी गरी पहिरोमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
नेता शर्माले घटनामा परी बेपत्ता भएका व्यक्तिहरुको तत्काल खोजी गर्न, विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनस्र्थापनाको व्यवस्थाका गर्न, घाइते भएकाहरुलाई उपचार एवं राहत तथा मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकार समक्ष विज्ञप्ति मार्फत आग्रह गर्नु भएको छ ।