संसार पोष्ट
परासी, ८ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताल आफैले एम्बुलेन्स सेवा शुरु गरेको छ । एम्वुलेन्स संगै भिडियो एक्सेर सेवा समेत शुरु गरेको अस्पतालले जनाएको छ । एम्बुलेन्स सेवा र एक्सरे सेवाको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेर शुरु गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु सामाधान गरि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
पश्चिम नवलपरासीको जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा एम्बुलेन्स र नयाँ उपकरण सेवा शुरु गरेसँग सेवाग्राहीहरुले राहत महशुस गरेका छन् । अस्पतालसँग जोडिएर विभिन्न संघसंस्थाहरुले परासीमा एम्बुलेन्स सञ्चालन गरेको भए पनि अस्पताल आफैले भने गरेको थिएन । विरामीहरु अस्पताल ल्याउन अस्पतालको आफ्नै एम्बुलेन्स संचालनमा आएको छ र अस्पतालमा भिडियो र डिजिटल एक्सरे सेवा समेत सुचारु भएको अस्पतालका अध्यक्ष शिव शंकर रायले जानकारी दिनुभयो ।