Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ समूदायस्तरबाट शुरु गरिएको फोहोर व्यवस्थापन प्रभावकारी बन्दै
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समूदायस्तरबाट शुरु गरिएको फोहोर व्यवस्थापन प्रभावकारी बन्दै

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0
समूदायस्तरबाट शुरु गरिएको फोहोर व्यवस्थापन प्रभावकारी बन्दै
70
SHARES
ShareTweet


प्रकाश खनाल
बुटवल,८ साउन । बुटवल उपमहानगरपालिका वडा नं ११ को तिनाउ पश्चिमको बस्तीमा समुदायस्तरबाटै सुरु गरिएको फोहोर व्यवस्थापनको काम प्रभावकारी बन्दै गएको छ ।
सो वडाको तिनाउ नदि पश्चिममा रहेका ११ वटा टोल विकास संस्था र ५ वटा खानेपानी तथा सरसफाई संस्थाहरु मिलेर सुरु गरिएको फोहोर व्यवस्थापनको काम प्रभावकारी बन्दै गएको तिनाउ पश्चिम फोहोर व्यवस्थापन समितिका अध्यक्ष आशिष सुर्यवंसीले बताउनुभयो ।
स्थानीय जनप्रतिनिधिहरु समेतको सहभागितामा सञ्चालन गरिएको फोहोर व्यवस्थापन अभियान अहिले उपभोक्ता सदस्य बनाउने क्रम तिब्र रुपमा अगाडी बढेको अध्यक्ष सुर्यवंसीले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिकाको एकल प्रयासले मात्र समग्र बुटवलको फोहोर व्यवस्थापन हुन नसक्ने अवस्थालाई मध्येनजर गरी आफुले सो अभियानको परिकल्पना गरेको बुटवल उपमहानगरपालिका वडा नं ११ का सदस्य नहकुल शाहीले बताउनुभयो ।
पछिल्लो समय त्यस क्षेत्रमा बढ्दो बजारीकरणसँगै भविस्यमा आउन सक्ने फोहोर व्यवस्थापनको समस्यालाई मध्येनजर गरेर समुदायस्तरबाटै फोहोर व्यवस्थापनको अभियान सञ्चालन गरिएको वडा सदस्य शाहीले जानकारी दिनुभयो ।
बुटवल ११ स्थित नहरपूर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तथा तिनाउ पश्चिम फोहोर व्यवस्थापन समितिका उपाध्यक्ष डिबी गुरुङ्गले बजारीकरणसँगै सुरु भएको फोहोर व्यवस्थापनको समस्या समाधानकालागि अभियान सफल हुँदै गएको दाबी गर्नुभयो ।
उपमहानगरपालिकाको नजरमा नपरेको त्यस क्षेत्रको फोहोर व्यवस्थापन समुदायस्तरबाटै सुरु गरिएपछि त्यस क्षेत्रको बस्ती प्रदुषिीत र दुर्गन्धित हुनबाट जोगिएको बुद्धनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पूर्व अध्यक्ष डिबी रसाइलीले बताउनुभयो ।
जागरण टोल विकास संस्थाका अध्यक्ष बिरेन्द्र पौडेलले छोटो समयमै समितिले झण्डै १६ सय उपभोक्ता सदस्य बनाउन सक्नु आफैमा राम्रो भएको भन्दै अभियान सफल हुने विस्वास व्यक्त गर्नुभयो ।
तिनाउ पश्चिम फोहोर व्यवस्थापनका अभियन्ता तथा बुद्ध टोल विकास संस्थाका अध्यक्ष गोमा पराजुलीले अभियानप्रति उपभोक्ताहरुको राम्रो प्रतिक्रिया आएको बताउदै आफ्नो टोलबाट सबै भन्दा बढि उपभोक्ताहरुले बार्षिक शुल्क बुझाएको जानकारी दिनुभयो ।
जागरण टोल विकास संस्थाका उपाध्यक्ष तथा उपभोक्ता सदस्यता बितरणको अगुवाई गर्दै आएकी सुनिता गुरुङ्गले फोहोर व्यवस्थापन सम्बन्धी अभियानमा स्थानीयवासीहरुले स्वतस्फुर्त रुपमा उपभोक्ता सदस्यता लिएको बताउनुभयो । त्यसैगरी समन्वय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फर्सुराम पौडेलले घरको बरण्डा र झ्यालबाट फोहोर फाल्ने बानी परेकाहरुलाई केही असहज महसुस भए पनि अभियानले समग्र बस्तीको सुन्दरीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रतिक्रिया दिनुभयो ।
अभियानबारे सोही क्षेत्रमै रहेको तिलोत्तमानगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष डिल बहादुर सुनारले अभियानको बिषयमा कहि कतैबाट बिरोध नभएको बताउनुभयो । स्थानीय व्यवसायी राम बहादुर केसीले अभियानले स्थानीयबासी खुसी भएको प्रतिक्रिया दिनुभयो ।
त्यस्तै समितिका लेखा समिति सदस्य कृष्ण भण्डारीले अभियानबारे स्थानीय जनताले राम्रो साथ दिएको बताउनुभयो ।
स्थानीय जनप्रतिनिधि, सामुदायिक संस्थाहरु र स्थानीयवासीको सकृयतामा सञ्चालित सो अभियानको २०७६ साल बैशाख १९ गते बुटवल उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री र वडा सदस्यहरुले फोहोर बोक्ने ट्रयाक्टरको पुजा गरेर सुभारम्भ गर्नुभएको थियो ।
तिन हजार बढि परिवारको वसोवास रहेको सो क्षेत्रका जनताले आफ्नो घरबाट उत्पादित फोहोर तिनाउ नदि, नहर तथा कुलामा फ्याक्ने क्रम बढ्दै गएपछि नदि, नहर तथा कुलाको पानी प्रदुषित हुनबाट रोक्नका लागि बाध्य भएर समुदायस्तरबाटै फोहोर व्यवस्थापन अभियान सञ्चालन गर्नुपरेको समितिका अध्यक्ष सुर्यवंसीले बताउनुभयो ।
सो क्षेत्रमा रहेका बुद्धनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, सिर्जनानगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, तिलोत्तमानगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, न्यू दुर्गानगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सहयोगमा ७ लाख ५० हजार रुपैयाँमा एक ट्रयाक्टर खरिद गरी त्यस क्षेत्रको फोहोर उठाउने काम सुरु गरिएको हो ।
समितिमा हाल एक ट्रयाक्टर चालक सहित चार जना कर्मचारी कार्यरत रहेका छन् भने हाल सम्म झण्डै १६ सय उपभोक्ता सदस्य बनिसकेको समितिले जनाएको छ ।

≪ Previous Post

पृथ्वीचन्द्र अस्पतालमा एम्बुलेन्स र भिडियो एक्सरे सेवा शुरु

Next Post ≫

राष्ट्र बैंकद्वार मौद्रिक नीति सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क