Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ आमा मिलन केन्द्रको साधारण सभामा एकल महिलालाई सम्मान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आमा मिलन केन्द्रको साधारण सभामा एकल महिलालाई सम्मान

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0
आमा मिलन केन्द्रको साधारण सभामा एकल महिलालाई सम्मान
80
SHARES
ShareTweet


संसार पोष्ट
साउन ८, बुटवल । बुटवल उपमहानगरपालिका वडा नं–२ स्थित वडास्तरीय आमा मिलन केन्द्रको पाँचौं साधारण सभा तथा स्थापना दिवस सम्पन्न भएको छ । बुधबार बुटवलमा भएको साधारण सभाको अवसरमा एकल महिलाहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा बुटवल उपमहानगरपालिका वडा नं–२ का सदस्य तथा जनप्रतिनिधि खगिसरा गुरुङले एकल महिलाहरुलाई सम्मान गर्नुभयो ।
आमा मिलन केन्द्रबाट सम्मानित हुनेहरुमा एकल महिलाहरु गंगादेवी घिमिरे, गोत कुमारी नेपाल, नारायणी पाटा मगर, उर्मिला शर्मा, विद्यादेवी जोशी, गोमादेवी खड्का, जया पौडेल, कान्ति राना र कमला नगरकोटी हुनुहुन्छ । आमा मिलन केन्द्रका अध्यक्ष धन लामाको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी रमेश प्रसाद जोशी र रञ्जिता मल्ल जोशीलाई समेत सम्मान गरिएको थियो ।
सो अवसरमा बोल्दै जनप्रतिनिधि खगिसरा गुरुङले महिलाहरुको विकासका लागि आमा मिलन केन्द्रले गरेको कामको प्रशंसा गर्नुभयो । महिलाहरुको विकास र सशक्तिकरणका लागि महिलाहरुले नै काम गर्नु पर्ने उहाँको भनाइ थियो । कार्यक्रममा वडा नं–२ का सचिव विष्णुप्रसाद श्रेष्ठ, केन्द्रका संस्थापक अध्यक्ष गंगा घिमिरे लगायतले बोल्नु भएको थियो । पाँचौ साधारण सभाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रञ्जिता मल्ल जोशीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पास गरेको छ । कार्यक्रम उपाध्यक्ष सावित्री पन्थीको स्वागत तथा सचिव नारायणी पाटाको सञ्चालनमा भएको थियो । वि.स. २०७० सालमा स्थापना भएको वडास्तरीय आमा मिलन केन्द्रले स्थानीय महिलाहरुको सिप विकास र आर्थिक आयआर्जनका लागि काम गर्दै आइरहेको छ ।

≪ Previous Post

पामिरमा वित्तीय साक्षरता कार्यक्रम

Next Post ≫

पृथ्वीचन्द्र अस्पतालमा एम्बुलेन्स र भिडियो एक्सरे सेवा शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क