संसार पोष्ट
तिलोत्तमा, ८ साउन । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा २ शँकरनगरले बुधबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ९, १०, ११ र १२ का विद्यार्थी, अभिभावक तथा स्थानीयबासीलाई समेत सहभागि गराएर वित्तीय साक्षरता प्रदान गरिएको हो । कार्यक्रममा कामना सेवा विकास बैंक बुटवल शाखाका प्रवन्धक खिमलाल भुसालले वित्तीय क्षेत्रका बारेमा अभिमुखीकरण प्रदान गर्नुभएको थियो ।
विद्यालयका सहप्राचार्य गोपाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा अर्का सहप्राचार्य रविराज काफ्ले, कामना सेवा विकास बैंक कोटिहवा शाखाका प्रवन्धक मोहनदत्त खनाललगायतले वित्तीय साक्षरता सबै क्षेत्रका लागि आवश्यक भएको भन्दै विद्यार्थी, अभिभावक र स्थानीयबासीलाई वित्तीय क्षेत्रबारे अझै सचेतना जगाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा सहभागि मध्ये उत्कृष्टहरुलाई सम्मान गरिएको थियो ।