Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ शिक्षाको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण ः मन्त्री बराल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शिक्षाको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण ः मन्त्री बराल

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७६ · 0
शिक्षाको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण ः मन्त्री बराल
90
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, ७ साउन । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपालमा शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेको बताउँदै मन्त्री बरालले निजी क्षेत्रसँगको सहकार्यमा प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी गराउनुभयो । प्रदेश सरकारले अहिले प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई छात्रबृति प्रदान गर्ने बताउँदै उहांले नर्सिङ् क्षेत्रले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो ।
देउराली जनता प्राविधिक शिक्षालय तथा पश्चिमाञ्चल बिज्ञान प्रतिष्ठान बुटवलले मंगलबार बुटवलमा आयोजना गरेको विद्यार्थी सम्मान तथा बिदाई कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बरालले निजी क्षेत्र र सरकारी लगानीमा दक्ष जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
देउराली जनता प्राविधिक शिक्षालयले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको चर्चा गर्दै उहांले आगामी दिनमा थप दक्ष जनशक्ति उत्पादन गर्न सुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा देउराली जनता प्राविधिक शिक्षालय तथा पश्चिमाञ्चल बिज्ञान प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रकाश रानाले २०६४ सालदेखि यस प्रतिष्ठानले बुटवलमा रहेर प्राविधिक शिक्षा प्रदान गर्दै आएको बताउदै संस्थाले हालसम्म ३५० जना नर्स, २०० कृषि भेटनरी, ३० जना ल्याबटेक्निसियन उत्पादन गर्न सफल भएको जानकारी दिनुभयो ।
प्राबिधिक तथा स्वास्थ्य शिक्षा अझैसम्म पनि महँगो भएकोले गरिब जनताका छोराछोरीको पहुँच पुग्न नसकेको भन्दै अध्यक्ष रानाले प्राविधिक शिक्षालाई गरिव तथा बिपन्न घर परिवारका छोरा छोरीहरुको पहुँचमा पु¥याउन राज्यले सहुलियत दिनुपर्ने आवश्यकता औल्याउनु भयो ।
देउराली जनता प्राबिधिक शिक्षालयका विद्यार्थी प्रतिमा बज्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रादेशीक अस्पताल बुटवलका मेट्रोन दुर्गा पौडेल , ल्याबोरेटरी एसोशियनका केन्द्रीय सदस्य गुणनीधि खनाल ,पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलका क्याम्पस प्रमुख उपेन्द्र अर्याल,देउराली जनता प्राविधिक शिक्षालयका निमित्त क्याम्पस प्रमुख प्रभा थापा,चन्दा कार्की,लक्ष्मी पन्त,बसन्ता न्यौपाने,प्रकृति लामिछाने,उपेन्द्र यादव लगायतले बोलेका थिए ।

≪ Previous Post

सुस्तमनस्थिति विद्यार्थीहरुलाई सैनामैना जेसिजको सहयोग

Next Post ≫

गुल्मी घटना प्रति नेता भण्डारीद्वारा दुख ब्यक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क