Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ गुल्मी पहिरो ः परराष्ट्रमन्त्री ज्ञवालीद्वारा दुःख व्यक्त
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

गुल्मी पहिरो ः परराष्ट्रमन्त्री ज्ञवालीद्वारा दुःख व्यक्त

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७६ · 0
गुल्मी पहिरो ः परराष्ट्रमन्त्री ज्ञवालीद्वारा दुःख व्यक्त
70
SHARES
ShareTweet


संसार पोष्ट
गुल्मी, ७ साउन । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको घटनाप्रति परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले दुःख ब्यक्त गर्नुभएको छ । जिल्लाको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर ११ जनाको ज्यान जानेगरी भएको घटनाप्रति दुःख ब्यक्त गर्दै मन्त्री ज्ञवालीले राहत र उद्धारमा जुटन आग्रह गर्नुभएको छ ।
गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ अरन्तर्गत पर्ने लिम्घा र ठूलो लुम्पेकमा गएराती गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
गएराती देखि परेको अबिरल वर्षातका कारण घरमाथिबाट पहिरो जाँदा घरमा सुतिरहेकाहरुको मृत्यु भएको हो । उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझीसहितको टोली घटनास्थल पुगेको छ ।


थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेले बताउनुभयो । घटना स्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वमा पर्दछ । घटना स्थल पुग्न ३ घण्टा बढि समय लाग्दछ ।
सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकाघरका ६५ वर्षिय छल्ली बिक, २८ बर्षिय पम्फा विक, १२ वर्षिय अञ्जली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक र सन्दीप बिक गरी ९ जनाको मृत्यु भएको छ । सोहि वडाका रुद्र बिकको घर पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् घने अन्य २ जना बेपत्ताको नाम थर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यस्तै पहिरोमा पुरिएर सत्यवति गाउँपालिका ३ ठूलो लुम्पेकमा ३२ वर्षिय तिलकुमारी त्रामु र ९ वर्षिय दर्शन त्रामुको मृत्यु भएको छ । उनीहरु आमा छोरा हुन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । प्रहरीका अनुसार सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामु घाइते भएका छन् ।

≪ Previous Post

सरकार संघीयता असफल गराउने दिशामाः सभापति शाह भ्रष्टाचारमा प्रधानमन्त्री न्यायाधिश बन्नु भएन ?

Next Post ≫

गुल्मीमा पहिरोमा परि ११ जनाको मृत्यु, दुई सय घर जोखिममा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क