Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ गुल्मीमा पहिरोमा परि ११ जनाको मृत्यु, दुई सय घर जोखिममा
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मीमा पहिरोमा परि ११ जनाको मृत्यु, दुई सय घर जोखिममा

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७६ · 0
गुल्मीमा पहिरोमा परि ११ जनाको मृत्यु, दुई सय घर जोखिममा
100
SHARES
ShareTweet

प्रदेश सरकारद्वारा जनही १ लाख राहत प्रदान



संसार पोष्ट
बुटवल, ७ साउन । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवती गाउंपालिकाको वडा नम्वर ३ र ४ मा पहिरोमा परि घर पुरिदा घरमा सुतिरहेका ११ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर सत्यवति गाउंपालिका वडा नम्वर ४ लिम्घामा ८ जना, वडा नम्वर ३ ठुलो लुम्पेकमा २ जना र १ जनाको पहिरोबाट बच्नका लागि भाग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सत्यवती गाउंपालिका वडा नम्बर ४ को लिम्घामा पहिरोमा पुरिएर मृत्यु भएका मध्ये ६ जनाको सव बाहिर निकालिएको छ भने २ जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर ६५ वर्षिय छली बिक, २८ वर्षिय पम्फा बिक, २५ वर्षिय निर्मला बिक, १२ वर्षिय अंजली बिक, ५वर्षिय हिमान्सु बिक र ७ वर्षिय शिवानी बिकको मृत्यु भएको छ । डेढ वर्षका सुमन विक र ६ वर्षकी तारा विकको शव फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताउनु भयो । एक वालक सन्दिप बिक मावली घरमा गएका कारण वच्न सफल भएका छन् ।
त्यस्तै सोहि गाउंपालिका ३ को ठूलोलुम्पेक कसिनडांडा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु, ९ वर्षिय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ वर्षिय दुर्गाबहादुर सिंजालीको मृत्यु भएको छ ।
पहिरोमा६वर्षिय तारा बिक डेढवर्षिय सुमन बिकको सब निकाल्ने कार्य जारी रहेको ठूलोलुम्पेमा रुद्र बिकको घर पहिरोले पुरेकोे छ । पहिरोमा घर पुरिदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ताभएकाछन् । पहिरोमापुरिएर २ जनाघाइते भएकाछन् ।
सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामु घाइते भएको प्रहरीले जनाएको छ । सोमवारराती देखि परेको अबिरल वर्षाले घरमाथिबाट पहिरो जँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो । उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रायमाझी सहितको टोलीघटना स्थल पुगेर उद्धार कार्य गरिरहेको छ । पहिरो प्रभावित क्षेत्रमा डक्टर सहितको स्वस्थ्य टोली पनि पुगेको छ ।
प्रदेश पाचका सामाजिक विकास मन्त्री सुर्दशन वराल सहितको टोली पनि बुटवलवाट पहिरो प्रभावित क्षेत्रमा गएको छ । यस्तै पहिरोमा परि मृत्यु हुनेका आफन्तलाई प्रदेश सरकारले राहात स्वरुप प्रतिव्यक्ति १ लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केशवराज आचार्यले बताउनु भयो । हाल १० जनाको प्रमाणित भएकोले १० लाख रुपैया प्रदानगर्ने निर्णय भएको समेत सचिव आचार्यले बताउनु भयो । गएरातिदेखि परेको वर्षातका कारण ठूलो लुम्पेकको करिब २ सय घर जोखिममा रहेको गाउपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनु भयो । सिङ्गो गाउ नै पहिरो प्रभावित रहेकाले संख्याको आकंलनगर्न सकिने अबस्था नरहेको अध्यक्ष ढकालले बताउनु भयो ।
घरहरु जोखिममा रहेकाले पहिरो प्रभावितहरु स्थानिय बिद्यालयहरुमा बसि रहेका छन् । कुनै पनि समयमा पहिरो खस्ने डरले स्थानिय त्रसित भएका छन् । उनीहरुलाई खानपिनको लागि वडाकार्यालयले व्यवस्थापन गरेको छ । प्रभावित क्षेत्रमा जिल्लाबाट र बुटवलबाट स्वास्थ्य कर्मी सहितको टोली उपचारको लागि खटिएको प्रमुख जिल्ला अधिकारी युदुनाथ पौडेलले बताउनु भयो ।

≪ Previous Post

गुल्मी पहिरो ः परराष्ट्रमन्त्री ज्ञवालीद्वारा दुःख व्यक्त

Next Post ≫

तीन विधाका लागि सिद्धार्थनगरद्वारा अक्षयकोष स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क