Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ सरकार संघीयता असफल गराउने दिशामाः सभापति शाह भ्रष्टाचारमा प्रधानमन्त्री न्यायाधिश बन्नु भएन ?
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सरकार संघीयता असफल गराउने दिशामाः सभापति शाह भ्रष्टाचारमा प्रधानमन्त्री न्यायाधिश बन्नु भएन ?

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७६ · 0
सरकार संघीयता असफल गराउने दिशामाः सभापति शाह       भ्रष्टाचारमा प्रधानमन्त्री न्यायाधिश बन्नु भएन ?
190
SHARES
ShareTweet

बुटवल ७ साउन
प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकार नै संघीयता असफल बनाउने दिशामा लागेको आरोप लगाउनु भएको छ ।
उहाँले अधिकार जति प्रधानमन्त्रीले आफ्नो मातहत राख्न खोज्ने, संविधानको मर्म बिपरित प्रदेश सरकारलाइ निकम्मा बनाउने,प्रदेशलाइ अधिकारै नदिने,प्रदेश र स्थानीय सरकार केन्द्रसरकार मातहत हो भन्दै हिड्ने यस्ले के संकेत गर्छ भनी प्रश्न गर्नु भयो ,
रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा मंगलवार आयोजित साक्षात्कारमा उहाँले प्रधानमन्त्रीले एक्लै सेना परिचालन गर्ने गरि बिधेयक ल्याउदैछन्,हामी बिरोधमा छौं उहाँले भन्नु भयो—‘गुठी बिधेयक,मानव अधिकार आयोग सम्बन्धि बिधेयक,मिडिया काउन्सिल बिधेयक, यी सब के हुन् ,कुन उद्देश्यले आएका हुन् ? उहाँको आक्रोस थियोे ।
ल एण्ड अर्डर प्रदेशमै हुनुपर्ने भन्दै शाहले प्रमुख जिल्ला अधिकारी पनि प्रदेश मातहत हुनुपर्ने बताउनु भयो । मुद्धा ,मामिला,दण्ड जरिवाना,कर राजश्व सबै केन्द्रले नै गरेपछि प्रदेशको के काम उहाँले भन्नु भयो ।
छिमेकी भारत र पाकिस्थानमा संघीयताको कार्यान्वयन कस्तो र कसरी भैरहेको छ भनेर हेर्नुपर्ने भन्दै शाहले प्रदेशका अधिकार केन्द्रले तान्न नहुने बताउनु भयो ।
सभापति शाहले वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले मुद्धा चलाउन ढिला गरेको बताउनु भयो ।
समितिले भ्रष्टाचार भएको ठहर गरेपछी त्यसको प्रक्रियाअघि बढाउने संबैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धानले बिभिन्न बहाना बनाई ढिला गरी रहेको उहाँको कथन थियो ।
सभापति शाहले वाइडबडी काण्डमा साढे ४ अर्व भ्रष्टाचार भएको हामीले प्रमाणसहित पेश गरेपछि कारबाहि गर्नेको साटो प्रधानमन्त्री आफै जथाभाबि बोल्दै हिड्नु लज्जास्पद भएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी जहाज खरिदका प्रकरणलाई अघि बढाउन नचाहेको शाहको भनाइ छ ।
‘ओली जी भन्नुहुन्छ उहां त यस्तो राम्रो मान्छे हुनुहुन्थ्यो भ्रष्टाचारै भएको छैन प्रधानमन्त्रीले नै त्यसो भन्न कहां मिल्छ ,प्रधानमन्त्री न्यायाधिश हो ? । ’
शाह भन्छन्—‘वाइडबढीमा साढे ४ अर्ब भ्रष्टाचार भएकै हो,शुभरत्नलाइ निलम्बर गर ,सचिबलाइ कारबाही गर भनेकै हौं,कार्यान्वयन गर्ने निकायले गरेन ।’ अब हामी के गर्ने हामी त झक्झकाउने,यर्थात् कुरा बाहिर ल्याउने समिति न हो ।
उहाँले बजेटको आधा हिस्सा साढे ६ खर्ब बेरुजू हुंदा नेपालप्रति अन्र्तराष्ट्रिय निकायले हेर्ने दृष्टिकोण समेत नराम्रो भएको भन्दै यसरी लगानी भित्रिन गाह्रँो हुने बताउनु भयो ।
‘सबै बेरुजू भ्रष्टाचार होइन तर बेरुजू धेरै हुदा शंका धेरै हुन्छ अहिले दातृ निकायले भन्न लागेका छन तिमिहरु कति अव्यवस्थित र अपारदर्शी छौ ।’उहाँले भन्नु भयो ।
कांग्रेस नेता समेत रहनु भएका उहाँले सरकार गतल बाटोमा हिडेकोले जनताले नरुचाएको बताउनु भयो । ‘जताततै कर बढाइएको छ,हत्या हिंसा,बलात्कार,दुर्घटना बढेको बढै छन् सरकार निदाएर बसेको छ ।’
इन्टरनेटमा ४२ प्रतिशत ट्याक्स संसारमा कहि छैन ,किताबमा १० प्रतिशत ट्याक्स हरेक चिजमा ३० देखि ३५ प्रतिशत कर लगाइदा जनता मर्कामा परेको शाहले प्रष्ट पार्नु भयो ।
भिसिटी सिस्टम अब्यबहारिक भएको भन्दै उहाँले सरकारलाइ बुझेर जानेर मात्रै ब्यबस्था ल्याउन सुझाब दिनु भयो ।
‘अहिलेपनि हातैले लेख्ने बिल काट्ने धेरै ब्यापारि छन् ,नेटमा सबैको पहुच छैन,सबै हिसाब नेटमा राख्नुपर्यो नी यो अब्यबहारिक भो ।’उहाँको कथन थियोे ।
लेखा समितिले असार र जेठमा साढे ६ खर्ब बेरुजुको हिसाब भेटाएको उहाँले जानकारी दिनु भयो ।
बिद्युतको ९ अर्व ९ करोड बक्यौता ः
नेपाल बिद्युत प्राधिकरणले ९ अर्व ९ करोड बक्यौता उठाउनुबांकी रहेको छ । डेडिकेटेड लाइन र,टङ्क लाइनमा ,पैसा उठेकै छैन ।’
एनसेलमा पनि ६५ अर्ब भष्ट्राचार भएको लेखाको निचोड निकालेको बताउनु भयो । अहिले सर्बोच्चको स्टे अडरले काम रोकिएको शाहले बताउनु भयो ।
केन्द्रको कोलेनिकाले सूचना लुकाएको भन्दै शाहले असार मसान्तका बेला प्रतिबेदन सार्बजनिक गर्ने बेला वेवसाइट यो,ह्याक गरेकोले हाम्रो ध्यान त्यता पनि गएकोछ हामीले केहिदिनमै छलफल गर्छाै ।
कार्यक्रम क्लवका प्रदेश प्रमुख राम कुमार क्षेत्रीको अध्यक्षता र प्रदेश सदस्य कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।


≪ Previous Post

अपडेट समाचार गुल्मीको सत्यबति गाउँपालिकामा पहिरोमा पुरिएर ११ जनाको मृत्य, चार बेपत्ता

Next Post ≫

गुल्मी पहिरो ः परराष्ट्रमन्त्री ज्ञवालीद्वारा दुःख व्यक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क