Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल–अंग्रेज युद्धको झल्को दिनेगरी बुटवलको जितगढीमा संग्राहालय बन्दै
विपीका विचारलाई आत्मसाथगरेर अगाडी बढ्नु आजको आवश्यक्ता : नेता शाह

विपीका विचारलाई आत्मसाथगरेर अगाडी बढ्नु...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पशुपति कलेजको अध्यक्षमा राना विजयी

पशुपति कलेजको अध्यक्षमा राना विजयी

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
ओली सरकारले विकासको नाममा सिन्को पनि भाचेन : महामन्त्री कोइराला

ओली सरकारले विकासको नाममा सिन्को...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

नेपाल–अंग्रेज युद्धको झल्को दिनेगरी बुटवलको जितगढीमा संग्राहालय बन्दै

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७७ · 0
नेपाल–अंग्रेज युद्धको झल्को दिनेगरी बुटवलको जितगढीमा संग्राहालय बन्दै
80
SHARES
ShareTweet

बुटवल, ४ चैत । बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृति शहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी संग्राहालय निर्माण सुरु भएको छ । ऐतिहासिक जितगढी किल्लामा तत्कालिन नेपाल–अंग्रेज युद्धताकाको झल्को दिनेगरी निर्माण गर्न लागिएको संग्राहालय महत्वपूर्ण संरचना हो ।
जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त महत्वपूर्ण संरचनाको बुधबार एक समारोहका बीच शिलान्यास भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले उक्त संग्रहालयको शिलान्यास गर्नुभएको हो । राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटन केन्द्रका रुपमा लिंदै सोही अन्तर्गतको एउटा कामका रुपमा संग्राहालयलाई लिइएको प्रमुख सुवेदीले बताउनुभयो ।
प्रमुख सुवेदीले प्राचिन शहरले जन्माएका सबै उपशहरहरुलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने बताउँदै उहाँले बु्टवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताउनुभयो
।
बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्वका योजना तय भएका छन् । अबको ५० वर्ष पछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकिकृत शहरी विकासको गुरुयोजना बनाइएको छ । बुटवल वडा नं. १ को भैरव मन्दिर नजिकै रहेको करिब तीनकट्ठा जग्गामा उक्त संग्राहालय बन्नेछ । संग्राहालय चार तलाको बन्ने छ ।
पहिलो, दोस्रो र तेस्रो तलामा म्युजियम तथा चौथो तलामा परम्परागत खानाको परिकार समेत पाइने क्याफे रहने छ । यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनोहरु राखिएको शोभिनियर सप रहने छ ।
करिब छ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त
संग्राहालय निर्माण हुनलागेको हो ।

≪ Previous Post

राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पहाडी

Next Post ≫

रोहिणी गाउँपालिकाले ५ सय बिद्युतीय चुल्हो वितरण गर्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क