Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोहिणी गाउँपालिकाले ५ सय बिद्युतीय चुल्हो वितरण गर्दै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोहिणी गाउँपालिकाले ५ सय बिद्युतीय चुल्हो वितरण गर्दै

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७७ · 0
रोहिणी गाउँपालिकाले ५ सय बिद्युतीय चुल्हो वितरण गर्दै
80
SHARES
ShareTweet

भैरहवा, ४ चैत । रोहिणी गाउँपालिकाले गाउँपालिकालाई धुवाँमुक्त बनाउन पहिलो चरणमा गाउँपालिकामा ५ सय वटा बिद्युतीय चुल्हो बितरण गर्ने योजना बनाएको छ ।
वैकल्पिक उर्जा कार्यक्रम अन्र्तगत रोहिणी गाउँपालिकाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको नेपाल नविकरणीय उर्जा कार्यक्रम अन्र्तगत बिद्युतीय चुल्हो वितरण गर्ने भएको छ । सेवा प्रदायक डोलेश्वर महादेव निर्माण तथा सप्लायर्स प्रालिले चुल्हो सहित त्यसलाई आवश्यक पर्ने बिद्युतीय उपकरण र वाईरिङ समेत ४ हजार २ सय २३ रुपैयाँमा उपलब्ध गराउनेमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको नेपाल नविकरणीय उर्जा कार्यक्रमले ६० प्रतिशत र रोहिणी गाउँपालिकाको ४० प्रतिशत अनुदानमा गाउँपालिकाका स्थानीयलाई उपलब्ध गराईने रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिनुभयो । “सुरुमा ५ सय घरधुरीलाई प्रदान गर्ने लक्ष्य राखेका छौ यसमा सफल भए आगामी दिनमा यसलाई अझै बिस्तार गरिने छ ।” अध्यक्ष यादवले भन्नुभयो ।
उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयद्वारा २०७५ मा जारी भएको श्वेत पत्रमा देशलाई बिद्युतमा आत्मनिर्भर बनाउन, देशभित्र खपत हुने उर्जाका अन्य श्रोतहरुलाई बिद्युतीय उर्जाले बिस्थापित गरी ब्यापार घाटा कम गर्न र सबैलाई दिगो, भरपर्दो, सर्वसुलभ स्वच्छ उर्जा उपलब्ध गराउने लक्ष्य रहेको छ । बेलायत सरकारको आर्थिक सहयोगमा नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित नेपाल नविकरणीय उर्जा कार्यक्रम २०७५ माघ देखि सुरु भई २०८० को असार मसान्त सम्म सञ्चालन हुने वैकल्पिक उर्जा प्रवद्र्धनका सहायक निर्देशक मुकेश घिमिरेले जानकारी दिनुभयो । कार्यक्रम अन्र्तगत छनौटमा परेका १७ वटा पालिकाहरुमा ८ हजार ३ सय ५० थान अनुदानको बिद्युतिय चुल्हो वितरण गरिने घिमिरेले बताउनु भयो । रुपन्देहीमा कञ्चन गाउँपालिकामा ३ सय र तिलोत्तमा नगरपालिकामा ३ सय ५० वटा चुल्हो वितरण गर्ने कार्यक्रम रहेको उहांले बताउनु भयो ।
बिद्युतीय चुल्होले दाउरा अथवा अन्य ईन्धन प्रयोग घटाउने हुदा यसले दाउराकै लागि हुने बन फडानी तथा यसबाट हुने रोगहरुबाट बचाउने नेपाल नविकरणीय उर्जा शाखा प्रमुख हरि अर्यालले बताउनुभयो ।
रोहिणी गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरि बिद्युतीय चुल्होको प्रयोग यसका बिशेषता र सुरक्षाका उपायहरुबारे स्थानीयलाई जानकारी समेत गराएको छ । अहिले प्रयोग भईरहेको ग्यास चुल्होको तुलनामा ४० प्रतिशत कम लागत लाग्ने र त्यो भन्दा पनि कम समयमा खाना पाक्ने हुदा यसको प्रयोग बढाउनु पर्नेमा कार्यक्रमका वक्ताहरुको जोड थियो ।

≪ Previous Post

नेपाल–अंग्रेज युद्धको झल्को दिनेगरी बुटवलको जितगढीमा संग्राहालय बन्दै

Next Post ≫

तिलोत्तमामा सात हजार २४ जनाले लगाए कोरोना विरुद्धको खोप

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क