Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा सात हजार २४ जनाले लगाए कोरोना विरुद्धको खोप
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा सात हजार २४ जनाले लगाए कोरोना विरुद्धको खोप

संसारपोस्ट संवाददाता · ५ चैत्र २०७७ · 0
तिलोत्तमामा सात हजार २४ जनाले लगाए कोरोना विरुद्धको खोप
90
SHARES
ShareTweet

तिलोत्तमा, ४ चैत । तिलोत्तमा नगरपालिकाका सात हजार जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । नगरपालिकाका १७ वडामैं खोप केन्द्र कायम गरी चैत १ गतेदेखि ३ गतेसम्म कोरोना विरुद्धको खोप अभियान चलाइएको थियो । अभियान अन्तर्गत् ७ हजार २४ जनाले खोप लगाएको जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखाका अनुसार तिलोत्तमाको खोप अभियानमा ७०४ भाइल भ्याक्सिन खपत भएको छ । आ—आफ्नो वडामैं खोप लगाउने व्यवस्था मिलाइएकोमा नगरबासीले सहज महशुस गरेका थिए । नगर प्रमुख बासुदेव घिमिरेले नगरबासीले आफ्नो घर नजिकैंबाट खोप सेवा पाउन् भन्ने उद्देश्यले आवश्यक प्रबन्ध मिलाएर हरेक वडामा खोप केन्द्र कायम गरिएको बताउनुभयो ।

अभियान अन्तर्गत् ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएका हुन् । नगरपालिकाले खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटनाको सन्दर्भमा तीन वटा एम्बुलेन्स र तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था समेत मिलाइएको थियो । खोप अभियानमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयंसेविकाको साथैं टोल विकास संस्था, क्लवहरुले समेत सहयोग गरेका थिए । हरेक वडामा खोप केन्द्र भए पनि स्थानीयको सहजताको लागि सवारीसाधनको समेत व्यवस्थापन मिलाइएको थियो ।
मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), शिकलसेल, एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी रहेको बताइन्छ ।
कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जाने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

≪ Previous Post

रोहिणी गाउँपालिकाले ५ सय बिद्युतीय चुल्हो वितरण गर्दै

Next Post ≫

गणतन्त्र र संविधान रक्षाको जिम्मा काँग्रेसको काँधमा : नेतृ कोइराला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क