Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गणतन्त्र र संविधान रक्षाको जिम्मा काँग्रेसको काँधमा : नेतृ कोइराला
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गणतन्त्र र संविधान रक्षाको जिम्मा काँग्रेसको काँधमा : नेतृ कोइराला

संसारपोस्ट संवाददाता · ५ चैत्र २०७७ · 0
गणतन्त्र र संविधान रक्षाको जिम्मा काँग्रेसको काँधमा : नेतृ कोइराला
100
SHARES
ShareTweet

बुटवल, ५ चैत । नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले मुलुकले हाल भोगिरहेको राजनीतिक जटिलताको निकास नेपाली काँग्रेसले नै खोज्नु पर्ने बताउनुभएको छ । काँग्रेस कमजोर हुँदा देश कमजोर भएको र राजनीतिक संकट निम्तिएको भन्दै उहांले सहमति सहकार्य र एकताबाटै मुलुकलाइ सहि दिशा दिन काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।
काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा बुटवलमा आयोजित बिचार गोष्ठिमा बोल्दै उहांले कम्युनिष्टहरुले धरापमा पारेको लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जिम्मा काँग्रेसको काँधमा आएको बताउनुभएको हो ।
कम्युनिष्ट पार्टीहरुमा सहमति, सहकार्य र एकताबाट मुलुकलाइ अगाडी बढाउने एजेण्डा र नेता नै नभएको भन्दै उहांले कम्युनिष्टहरुको सर्बसत्ताबाद र अधिनायकबादका बिरुद्ध काँग्रेस भित्र पनि सहमति र एकता आवश्यक रहेकोमा जोड दिनुभयो । मुलुकलाइ सहि दिशा दिन अन्तर्राष्ट्रिय शक्तिहरुको पछि नलागी उनीहरुलाइ आफ्नो बाटोमा हिँडाउन राजनीतिक दलहरु सक्षम हुनुपर्नेमा उहांको जोड थियो ।
‘स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई पनि विदेशी शक्तिहरुले सुझाव दिन खोज्थे तर उहाँले हामीले लिएका नीति यो अर्थमा मुलुकको हितमा छन् भनेर उनीहरुलाइ कन्भिन्स गर्नुहुन्थ्यो र बाह्य शक्तिले हस्तक्षेपकारी भूमिका खेल्न सक्दैनथे । हामी उनीहरुको बाटोमा हैन हाम्रो बाटो उनीहरुलाइ देखाउनु पर्छ’ पुर्व परराष्ट्रमन्त्री समेत रहनुभएकी नेता कोइरालाले भन्नुभयो । स्वर्गीय गिरिजाप्रसादले आजीवन प्रजातन्त्र, शान्ति र विकासकालागि लडेको स्मरण गर्दै उहांले मुलुकको हितकालागि गिरिजाबाबु जस्तै निडर र दुरदृष्टि राखेर अगाडी बढ्न नेतृत्वलाइ आग्रह गर्नुभयो । व्यक्तिवादी चरित्र हावी हुँदा नेपाली काँग्रेस कमजोर बनेको भन्दै उहांले व्यक्तिवादी चरित्र छोडेर पार्टीलाइ जितको दिशामा लैजान स्थानीय नेता कार्यकर्तालाइ आग्रह गर्नुभयो ।

जि.पी.कोइराला फाउण्डेशन रुपन्देहीको आयोजनामा भएको बिचार गोष्ठिमा काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पुर्व सभापति रामचन्द्र ढकाल, महासमिति सदस्य युवराज गिरी, प्रदेश सांसद रमा अर्याल, पुष्पा चौधरी, बुटवल नगर सभापति खेलराज पाण्डे, फाउण्डेशनका केन्द्रिय सदस्य सुरेशराज चालिसे, अजय राइ, दुर्गा आर्चाय, फाउण्डेशनका रुपन्देही संयोजक चिरञ्जिवी पौडेल, सल्लाहकार चित्र केसी, सदस्य जेवि गुरुङ, काँग्रेस बुटवल नगर सचिव ज्योति भण्डारी लगायतले बोल्दै स्वर्गीय कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन, शान्ति स्थापना र लोकतान्त्रिक गणतन्त्र स्थापनाकालागि खेलेको भूमिकाको उच्च कदर गर्दै उहाँले देखाएको बाटोमा काँग्रेस निरन्तर लाग्नु पर्नेमा जोड दिनुभयो ।

≪ Previous Post

तिलोत्तमामा सात हजार २४ जनाले लगाए कोरोना विरुद्धको खोप

Next Post ≫

कावासोतीमा दुर्घटना एक जनाको निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क