Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पहाडी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पहाडी

संसारपोस्ट संवाददाता · १ चैत्र २०७७ · 0
राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पहाडी
60
SHARES
ShareTweet

१३ बुदे बुटवल घोषणा पत्र जारी, एक वडा एक दलित पत्रकार
१३ बुंदे घोषणा पत्र बुटवल, १ चैत । राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा सम्पन्न प्रथम अधिवेशनले संघका संस्थापक अध्यक्ष विनोद पहाडीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा गोपाल बराइली, खुल्ला उपाध्यक्ष मिलन परियार, प्रदेश उपाध्यक्षहरुमा पर्वत पोर्तेल (प्रदेश १), भोला पासवान (प्रदेश २), बुद्धि बिश्वकर्मा (बाग्मती), दीपक परियार (गण्डकी), विनोद परियार (लुम्बिनी), टेकेन्द्र बिश्वकर्मा (कर्णाली) र करन ताम्राकार (सुदुरपश्चिम) लाई सर्वसम्मत चयन गरेको छ । महासचिवमा लक्ष्मण दर्नाल तथा सचिवहरूमा सन्तोष गन्धर्व, रिता बुढाथोकी र बिरु नेपाली चयन हुनुभएको छ । संघको कोषाध्यक्षमा भीमबहादुर घिमिरे निर्वाचित हुनुभएको छ । त्यस्तै अधिवेशनले मधु शाहीको नेतृत्वमा अनुशासन आयोग समेत गठन गरेको छ ।
केन्द्रीय सदस्य खुल्लातर्फ अम्मर सुनार, प्रेम सुनार, सरिता बराइली, मानसिङ बिक, सन्जय सौगात, राधेश्याम बिक, प्रविण गजमेर, पीवी दियाली, फुलु सुनार, राजेश सुनाम, वसन्त बिक, भीमबहादुर नेपाली गन्धर्व, राजन गाउँले, वसन्त बिश्वकर्मा, किशान संगीत नेपाली चयन हुनुभएको छ ।
यस्तै महिला सदस्यमा पूर्णिमा जनला, राधा नेपाली, अनिता कुमारी, सुनिता नेपाली, शान्ति गज्मेर र मालती बिक चयन हुनुभएको निर्वाचन मण्डलका सदस्य यमलाल भुसालले जानकारी दिनुभयो । निर्वाचित पदाधिकारी र सदस्यहरुलाई वरिष्ठ पत्रकार उमिद बागचन, नेपाल पत्रकार महासंंघका केन्द्रिय सचिव रेम बिश्वकर्मा, पत्रकार बिष्णुप्रसाद भुसाललगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।
यसैविच संघले १३ बुदे बुटवल घोषणा पत्र समेत जारी गरेको छ । दलित समुदायको सामाजिक न्याय, समानता, समावेशिता, लोकतन्त्र र सबै प्रकारका विभेदको अन्त्यका लागि एक वडा एक दलित पत्रकार अभियान थाल्ने भएको छ ।
दलित समुदायको सञ्चारमाध्यमलाई राज्यले गर्ने वर्गिकरणमा विभेद रहित मूल्यांकनका लागि पहल गर्ने, नेपाल पत्रकार महासंघमा दलित पत्रकारहरुको सदस्यता वृद्धिका लागि पहल गर्ने र महासंघको केन्द्र, प्रदेश र जिल्लामा पूर्ण समावेशिताको लागि पहल गर्ने घोषण पत्रमा उल्लेख छ । दलित समुदायका पत्रकारलाई योग्यता क्षमताका आधारमा विभिन्न सरकारी तथा निजी सञ्चार माध्यममा नेतृत्वदायी भूमिकामा पुु¥याउनका लागि पहल गर्ने, सञ्चार गृहमा पूर्ण समावेशि सहभागिताका साथै दलित मैत्री वातावरण बनाउन पहल गर्ने प्रस्ताव पारित गरेको छ ।
आसन्न पत्रकार महासंघको निर्वाचनमा महासंघले छुट्याएको दलित तथा समावेशि कोटामा महासंघमा आवद्ध दलित पत्रकारहरु प्रजातान्त्रिक तथा बामपन्थी नामका विभिन्न प्यानलहरुमा विभक्त नहुने गरी पत्रकार महासंघले यो संघको सिफारिसमा पठाइएका साझा आधिकारिक उम्मेदवारहरुलाई उठाउने सुनिश्चितताको लागि पहल गर्न समेत माग गरेको छ ।

≪ Previous Post

छुवाछुत अन्त्यको सन्देश दिन बुटवलमा समता भोज

Next Post ≫

नेपाल–अंग्रेज युद्धको झल्को दिनेगरी बुटवलको जितगढीमा संग्राहालय बन्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क