Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ छुवाछुत अन्त्यको सन्देश दिन बुटवलमा समता भोज
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

छुवाछुत अन्त्यको सन्देश दिन बुटवलमा समता भोज

संसारपोस्ट संवाददाता · १ चैत्र २०७७ · 0
छुवाछुत अन्त्यको सन्देश दिन बुटवलमा समता भोज
70
SHARES
ShareTweet

बुटवल, १ चैत । बुटवलमा आईतबार दलित तथा गैरदलित समुदायले जातीय छुवाछुत व्यवहारमै अन्त्य गर्न समताभोज गरिएको छ । कानुनी रुपमा अन्त्य भएको बर्षौं हुँदा पनि विभेद अन्त्य हुन नसकेको भन्दै समाजका सचेत वर्गहरुको सहभागितामा सन्देशमूलक रुपमा समताभोजको आयोजना गरिएको हो ।
वुटवलमा भएको राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशनका सन्दर्भ पारेर मानव अधिकार तथा शान्ति समाजको समन्वय र रुपन्देहीका दर्जन सञ्चारमाध्यमहरुले आईतबार संयुक्त रुपमा समता भोज गरेका हुन । दैनिक पत्र दैनिक, बुटवल एफएम, जागरण मिडिया सेन्टर, बुद्ध टिभि, नागरिक अनलाईन, तिलोत्तमा राष्ट्रिय दैनिक लगयातका सञ्चार माध्यमको समताभोजमा सहभागिता थियो ।
कानुनी रुपमा विभेद अन्त्य भएको घोषणा गरिएपनि अझै समाजमा विभेद कायम रहेकाले यसको अन्त्यका लागि मानव अधिकारकर्मी र सञ्चारगृहले समता भोज गरेर सामाजिक आन्दोलनको शुरुवात गरेका हुन् । मन्त्री, सांसद, प्रहरी, मानव अधिकारकर्मी, पत्रकार, सरकारी उच्च तहका कर्मचारी र नागरिक समाजका अगुवाहरुको सहभागितामा समताभोज गरिएको थियो ।
कार्यक्रममा प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले जातीय आधारमा हुने भेदभाव कानुनी रुपमा दण्डित हुने बताउनुभयो । उहांले सामाजिक रुपमा अशिक्षाका कारण भेदभाव भएको बताउँदै कानुन कार्यान्वयनमा जोड दिनुभयो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले सामाजिक आन्दोलनको शुरुवात आफैबाट शुरु गर्न समताभोजको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले संविधानत: नेपाल छुवाछुत मुक्त देश भएको भन्दै विभेद अन्त्यका लागि सबैको साझा पहल आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडी, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई लगायतले बोल्दै बुटवलबाट छुवाछुत विरुद्ध गैरदलित समुदायले नै पहलकदमी लिनुपर्ने बताउनुभयो ।
उक्त समता भोजमा राष्ट्रिय दलित पत्रकार संघका नवनिर्वाचित कार्यसमितिाई स्वागत गर्दै समता भोजमा सरिक गराइएको थियो ।
कार्यक्रममा शान्ति समाजका केन्द्रीय सचिव मिना कुमारी ढकाल, काँग्रेस नेता हरि बहादुर आचार्य, माओवादी केन्द्रका राम प्रसाद बन्जाडे, शान्ति समाज रुपन्देहीका अध्यक्ष धनपती खनाल, लालहरी पाण्डे, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रविण पोखरेल लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो ।

≪ Previous Post

तिलोत्तमा नगर कार्यालयमा एमालेको बोर्ड

Next Post ≫

राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पहाडी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क