Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रचण्ड–माधव समूहको आमहड्ताल : देशभर बन्दको प्रभाव
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रचण्ड–माधव समूहको आमहड्ताल : देशभर बन्दको प्रभाव

संसारपोस्ट संवाददाता · २२ माघ २०७७ · 0
प्रचण्ड–माधव समूहको आमहड्ताल : देशभर बन्दको प्रभाव
70
SHARES
ShareTweet

बुटवल, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक र असंबैधानिक कदमका विरुद्ध प्रचण्ड–नेपाल समूहको नेकपाले गरेको आमहड्तालको प्रभाव बिहानैदेखि रुपन्देहीको बुटवल लगायत देशभर परेको छ । बुटवल तथा भैरहवा बसपार्कबाट छुट्ने् लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन चलेका छैनन् । सडकमा केही मोटरसाइकल केही निजी सवारी साधन फाट्टफुट्ट मात्र चलेका छन् । मुख्य वजारका पसलहरु पनि खुलेका छैनन् ।
लुम्विनी प्रदेशको मुकाम बुटवलमा बिहानैदेखि सार्वजनिक यातायात र मालवाहक सवारीसाधनहरु चलेका छैन् । बजार, शिक्षण संस्थाहरु पनि बन्द छन् । आन्दोलनकारीले सडकमा टायर बालेर, ट्रक तेर्स्याएर सवारी साधन चल्न दिएका छैनन् । बुटवलको राजमार्ग चौराहामा बन्द आह्वान कर्ताहरुले सडकमा ट्याक्टर र मिलनचोकमा दुई वटा ट्रक सडकमा तेस्र्याएर बाटो अवरुद्ध पारेका छन् । बुटवलमा प्रहरी गस्ती पनि बढाइएको छ ।
प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंबैधानिक कदम तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक आयोगहरुमा संसदीय सुनुवाइबिना नै पदाधिकारीहरुको सिफारिस र पद तथा गोपनीयताको शपथग्रहण गराइएको विरोधमा आमहड्ताल आह्वान गरिएको प्रचण्ड–नेपाल समूहले जनाएको छ । सरकारको सिफारिसमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक आयोगका पदाधिकारीहरुलाई शपथ खुवाएको थियो । हड्तालका क्रममा अत्यावश्यक सेवा र परीक्षामा अवरोध नगर्ने नेकपा केन्द्रिय संघर्ष समितिले जनाएको छ । परीक्षा दिन जाने विद्यार्थीले प्रवेशपत्र देखाएर सवारी साधन ल्याउन पाउने बताइएको छ ।
बिहानैदेखि बन्दको आह्वान गर्दै सडकमा निस्किएका कार्यकर्तालाई कतिपय ठाउंमा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । प्रहरीले काठमाडौको सामाखसुसी, कलंकीबाट आधा दर्जन नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी भएको छ ।

≪ Previous Post

पत्रकार महासंघमा सुद्धिकरण अभियान, ५ हजारको नविकरण रोकियो : अध्यक्ष आचार्य

Next Post ≫

तेस्रो लाफा राष्ट्रिय खुल्ला ब्याडमिन्टनको तयारी पुरा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क