Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पत्रकार महासंघमा सुद्धिकरण अभियान, ५ हजारको नविकरण रोकियो : अध्यक्ष आचार्य
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकार महासंघमा सुद्धिकरण अभियान, ५ हजारको नविकरण रोकियो : अध्यक्ष आचार्य

संसारपोस्ट संवाददाता · २१ माघ २०७७ · 0
पत्रकार महासंघमा सुद्धिकरण अभियान, ५ हजारको नविकरण रोकियो : अध्यक्ष आचार्य
110
SHARES
ShareTweet

बुटवल, २१ माघ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले महासंघमा सुद्धिकरण अभियान शुरु गरिएको बताउनु भयो । उहाँले सुद्धिकरण अभियान संगै मुलुक भरका ५ हजार निष्कृय पत्रकारको नविकरण नगरिएको जानकारी गराउनु भयो ।
पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधारण सभामा बुधवार वोल्दै अध्यक्ष आचार्यले सरकारले समानुपातिक विज्ञापन नीति जारी गरेकाले नीजी क्षेत्रले त्यसको सदुपयोग गर्ने गरि प्रदेश र स्थानीय तहले व्यवहारमा कार्यान्वयन गर्न माग गर्नु भयो ।
बुटवलको मिलनचोक स्थित सिद्धार्थ कटेजमा भएको साधारण सभामा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे, महासंघका पूर्व सभापतिहरु हरि लमसाल, विनोद पहाडी, डि आर घिमिरे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनी, सञ्चारिका समूहका अध्यक्ष अमृता अनमोल, लगायतले साधारण सभाको सफलताको कामना गर्नुभएको थियो ।
रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसीको सभापतित्वमा भएको कार्यक्रम सचिव रामप्रसाद आचार्यले संचालन र उपाध्यक्ष दिनेश पाण्डेले स्वागत गर्नु भएको थियो ।
सोही समारोहमा अग्रज पत्रकार नारायण सापकोटाद्वारा स्थापित वातावरण पत्रकारिता पुरस्कार २०७७ वाट पत्रकार लक्ष्मण पौडेललाई सम्मान गरिएको थियो ।
पत्रकारलाई मासिक भत्ताको व्यवस्था गर्न माग
नेपाल पत्रकार महासंघ रुपन्देहीले दीर्घ सेवा गरेका सञ्चारकर्मीहरुलाई मासिक भत्ताको व्यवस्था गर्न माग गरेको छ । बुधबार सम्पन्न बार्षिक साधरण सभाले पत्रकारिता पेशामा लागेर ३० वर्ष बिताएका वा ६० वर्ष पुुगेका पत्रकारलाई मासिक रुपमा भत्ताको व्यवस्था गर्न माग गरेको हो ।
साधरण सभाले दीर्घसेवा सुविधासँगै न्यूूनतम पारिश्रमिक कार्यान्वयन तथा कोरोनाका वाहानामा विदामा राखेका पत्रकारलाई फर्काउने लगायतका ११ बुँदे प्रस्ताव पारित गरेको छ । न्यूनतम पारिश्रमिक पूर्ण रुपमा लागू नभएकोमा गम्भिर चिन्ता व्यक्त गर्दै पूर्ण रुपमा लागू गर्न महासंघले सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
सभाले कोभिड संक्रमित पत्रकारहरुको कोरोना विमा उपलब्ध गराउन ढिलाई भएकाले तत्काल विमा रकम उपलब्ध गराउन सम्बन्धित पक्षसँग जोड्दार माग गरेको छ । साधरण सभाले सञ्चार साधनमा अनुदान, प्रोत्साहनका लागि पहल गर्न विभिन्न तहका सरकारलाई आग्रह गर्ने, साना तथा स्वरोजगार सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई प्रेस प्रतिनिधि परिचयपत्र प्रदान गर्ने प्रावधान खुकुलो पानुपर्ने लगातयका प्रस्ताव समेत पारित गरेको छ । महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दिपक ज्ञवाली संयोजक, ऋषि आजाद र कल्पना तिवारी सदस्य रहेको समितिले ११ बुँदे प्रस्ताव तयार पारेको थियो ।
बन्द सत्रले सचिव रामप्रसाद आचार्य र कोषाध्यक्ष स्वस्तिक श्रेष्ठको प्रतिवेदन पारित गरेको छ । बन्दसत्रमा महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव केन्द्रीय प्रतिनिधि विनोद पहाडी, अध्यक्ष मण्डलका संयोजक डि आर घिमिरे, महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

≪ Previous Post

प्रदेश स्तरमा ब्रोकर लाईसेन्स खुलाउन प्रदेश ५ शेयर लगानीकर्ता फोरमको माग

Next Post ≫

प्रचण्ड–माधव समूहको आमहड्ताल : देशभर बन्दको प्रभाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क