Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तेस्रो लाफा राष्ट्रिय खुल्ला ब्याडमिन्टनको तयारी पुरा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तेस्रो लाफा राष्ट्रिय खुल्ला ब्याडमिन्टनको तयारी पुरा

संसारपोस्ट संवाददाता · २२ माघ २०७७ · 0
तेस्रो लाफा राष्ट्रिय खुल्ला ब्याडमिन्टनको तयारी पुरा
70
SHARES
ShareTweet

बुटवल, २२ माघ । लाफा समूह बुटवलको आयोजनामा हुने तेस्रो लाफा राष्ट्रिय खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ । खेलकुद र सामाजिक गतिविधिमा क्रियाशिल समूहले खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित माघ २३ र २४ गते दुई दिन प्रतियोगिता गर्ने भएको हो ।
प्रतियोगितामा लुम्बिनी प्रदेश सहित काठमांडौ, चितवन, कास्की, दाङ्ग, बाँकें, कैलाली, बाग्लुङ्ग, गुल्मी, पाल्पा, लगायतका जिल्लाबाट खेलाडीहरु सहभागि हुने कार्यक्रम संयोजक पुरन गाहाले जानकारी दिनुभयो । प्रतियोगितामा यस बर्ष ८० टिमको सहभागिता रहने संयोजक गाहाले बताउनुभयो ।
खुलातर्फ ५८ तथा भेट्रान्स तर्फ २८ बढि टिमको सहभागिता रहने प्रतियोगितामा खुल्ला तर्फका विजेताले ५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले ४१ हजार ५ सय ५५ तथा तेस्रो हुनेले ३१ हजार ५सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी अनुशासित खेलाडी तथा उदयमान खेलाडीले र्याकेट, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने समुहका संयोजक ज्ञानु सारुले जानकारी दिनुभयो ।
यस्तै भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार ५ सय ५५, दोस्रो पुरस्कार १५ हजार ५ सय ५५ र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ ३ हजार र भेट्रान्सतर्फ २ हजार प्रवेश शुल्क राखिएको समूहका अध्यक्ष तारा सिंह रेस्मीले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिबराज सुबेदीले प्रतियोगिताको उदघाटन गर्ने कार्यक्रम तय गरिएको समूहका संरक्षक बासुदेव लामिछानेले जानकारी गराउनु भयो । प्रतियोगिता दुई दिनसम्म चल्ने छ । गतबर्ष खूलातर्फ ७८ र भेट्रान्सतर्फ ३५ समूहको सहभागिता थियो ।
विसं २०७६ सालमा स्थापना भएको लाफा समूहले यस क्षेत्रका सामाजिक संस्थाहरु मध्ये फरक पहिचान बनाएको छ । प्रतियोगिता आयोजनामा १६ लाख खर्च हुने अनुमान गरिएको छ । वैदेशिक रोजगारमा रहेका लाफाका सदस्यहरुबाट सहयोग जुटाएर प्रतियोगिता गर्न लागिएको हो । लाफा समूहले ब्याडमिन्टन कवर्ड हल भाडामा लिएर टे«निङ्ग सेन्टर संचालन गर्ने योजना बनाएको छ । पटक पटक स्थानीय तहसगँ हल निर्माणका लागि जग्गा उपलब्ध गराउन आग्रह गरेपनि जग्गा नपाउदाँ व्यतिmको जग्गा लिजमा लिएर चलाउनु पर्ने बाध्यता रहेको समूहका पूर्व अध्यक्ष केशब रानाले गूनासो गर्नुभयो ।

≪ Previous Post

प्रचण्ड–माधव समूहको आमहड्ताल : देशभर बन्दको प्रभाव

Next Post ≫

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट फाइनलमा धनगढी र होराइजन भिड्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क