Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गुणस्तरहिन २१ सय बढी थान सिलिण्डर नष्ट
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुणस्तरहिन २१ सय बढी थान सिलिण्डर नष्ट

संसारपोस्ट संवाददाता · २८ पुष २०७७ · 0
गुणस्तरहिन २१ सय बढी थान सिलिण्डर नष्ट
70
SHARES
ShareTweet

बुटवल २८ पुस
व्यापक जनगुनासो आयसंगै त्रिशुल ग्यास प्रा.लि.ले गुणस्तरहिन पुरानो सिलिण्डर नष्ट गर्न सुरु गरेको छ । गुणस्तरहिन पुरानो सिलिण्डर नष्ट भएसंगै अब उपभोक्ताले मूल्य अनुसारको तौलको शिलिण्डर पाउने भएका छन ।
यस्तै अन्य कम्पनीका पनि गुणस्तरहिन पुरानो सिलिण्डर नष्ट गर्नु पर्दछ । त्यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको छ ।
एभरेष्ट ग्यास समूह अन्तर्गतका उद्योगहरुमा म्याद नाघेको, प्वाल परेको, हाइड्रो टेष्टमा फेल भएका र बिग्रिएका गुणस्तरहिन सिलिण्डरहरु नष्ट गर्न सुरु गरिएको त्रिशुल ग्यास प्रा.लि.का व्यवस्थापक देवी प्रसाद भुसालले बताउनु भयो ।
सात प्रदेशमा रहेका सातवटै कम्पनीहरुमध्ये पुस महिनाभित्र प्रिमा ग्यास उद्योगले ६९० थान, सुगम ग्यास उद्योग खानीखोला धादिङले ४०५ थान, एभरेष्ट ग्यास उद्योग काठमाण्डौंले ६९० थान र त्रिशुल ग्यास प्रा.लि. रुपन्देहीले ३६३ थान गरी प्रथम चरणमा २ हजार १ सय ३३ थान सिलिण्डरहरु नष्ट गरिने भुसालले जानकारी दिनु भयो ।
भुसालका अनुसार करिब ४९ लाख बराबरको सिलिण्डरहरु नष्ट गरिनेछ । एभरेष्ट ग्यास समुहद्धारा प्रबर्तित सातवटा प्रदेशमा रहेका उद्योगहरुका ग्यास सिलिण्डरहरु अत्याधिक पुराना तथा बिग्रिएका, चुहिने, प्वाल परेका सिलिण्डरहरु गुणस्तर तथा नापतौल विभाग कार्यालय बुटवलका सञ्जय यादव, मोहन प्रसाद पाण्डे, रमेश प्रसाद पाण्डे, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका टेकराज पन्थी, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका बालकृष्ण आचार्य, ग्यास विक्रेता, प्रहरी तथा सञ्चारकर्मीहरुको रोहबरमा नष्टको कार्य सुरुवात गरिएको उद्योगका बजार प्रबन्धक उत्तम कार्कीले बताउनु भयो ।

≪ Previous Post

नगरवासी खानेपानीको अभावमा : बुटवल उपमहानगर गुरुयोजना बनाउदै

Next Post ≫

बैक संचालकहरुको षडयन्त्र एक व्यक्ति एक सहकारी ः सहकारी अभियान्ताको ठह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क