Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नगरवासी खानेपानीको अभावमा : बुटवल उपमहानगर गुरुयोजना बनाउदै
कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव सुरु

कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय...

अर्थ धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
संसद बिघटन अग्रगामी कदम हो : उर्जामन्त्री रायमाझी

संसद बिघटन अग्रगामी कदम हो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

नगरवासी खानेपानीको अभावमा : बुटवल उपमहानगर गुरुयोजना बनाउदै

संसारपोस्ट संवाददाता · २८ पुष २०७७ · 0
नगरवासी खानेपानीको अभावमा : बुटवल उपमहानगर गुरुयोजना बनाउदै
80
SHARES
ShareTweet

बुटवल, २८ पुस । बुटवलमा खानेपानी समस्या नौलो होइन । यद्यपि हालसम्म भएका प्रयासले यहाँको तीव्र जनघनत्व रहेको शहरलाई खानेपानीको प्रयाप्तता पु¥याउन सकेको छैन । सुख्खायाममा त मागभन्दा झण्डै आधा कम मात्रै खानेपानी आपुर्ती गर्नुपर्ने अवस्था छ ।
खानेपानीको अभावमा छटपटाईरहेका नगरवासिका लागि पानी दिने वेलामा बुटवल उपमहानगरपालिकाले भने गुरुयोजना बनाउदै गरेको छ । गुरुयोजना कहिले बन्छ र आयोजना कहिले सम्पन्न हुन्छ सोचनिय विषय बनेको छ । विसं २०५२ मा बुटवलमा खानेपानी ल्याउने झुम्सा खोलाको मुहाननिरै ‘इन्टेक’ निर्माणदेखि पाइप बिच्छाउने काम सुरु भएको थियो । तर, सरकार परिवर्तन र विभिन्न उतारचढावसँगै प्रभावकारी रूपमा काम हुन सकेको थिएन । त्यसैबेला सोही पानीको उपयोग गर्ने गरी गौतमबुद्ध लघु ‘हाइड्रो प्रोजेक्ट’ योजना आएपछि खानेपानी योजना छायाँमा प¥यो । हाइड्रो प्रोजेक्टले पानी उपयोग गर्ने भएपछि उक्त खोलाको पानी बुटवल ल्याउने योजना सेलाउँदै गयो । न त पानी आयो न उक्त प्रोजेक्ट बन्यो । यहीँ घटनाबाट पाठ सिकेरै बुटवलका लागि खानेपानीको गुरुयोजना नै बनाउन जुटेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले बताउनु भयो ।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हो बुटवल । बुटवल साविक लुम्बिनी अञ्चल सदरमुकाम हुँदै मुलुक संघीयतामा गएपछि लुम्बिनी प्रदेशको अस्थायी राजधानी पनि भयो । विकास र केन्द्रीय राजधानीमा महत्पूर्ण हिस्सा राख्ने बुटवलले झेलिरहेको खानेपानी अभावको समस्यालाई भने अब दीर्घकालीन रुपमा समाधान गर्ने प्रयास सुरु भएको दावि नगरपालिकाले गरेको छ ।
बुटवल उपमहानगरपालिकाले यहाँको खानेपानी संस्थानसंगको सहकार्यमा खानेपानीको गुरुयोजना नै बनाइरहेको बताएको छ । पूर्वाधार विकास र अन्तबाट बसाईसराई गरेर आउने प्रमुख थलोका रुपमा रहेको बुटवललाई अबको पाँच दशकसम्मको जनसंख्यालाई सोंचेर खानेपानीको गुरुयोजना बनाउन लागिएको बुटवल उपमहानगरका प्रमुख सुवेदीले जानकारी दिनु भयो ।
गुरुयोजनालाई बुटवल खानेपानी आयोजनामार्फत कार्यान्वयन गर्नेगरि तीनै तहका सरकारको बीचमा सहकार्य भइरहेको प्रमुख सुवेदीको भनाइ छ । उहाँले संघीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संकल्प अनुरुप नै तीनै तहले बुटवलको खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भयो ।
बुटवलको हरियाली प्रतिशत मुलुकका कुनै पनि नगरपालिकाको भन्दा धेरै छ । तर, विडम्बना यहाँको पानीको प्राकृत्तिक स्रोत भने एकदमै न्यून छ । हरियालीमा झण्डै ५५ प्रतिशत रहेको बुटवलमा पानीको स्रोत भने लगभग शून्यको अवस्थामा छ । यसलाई सुधार गर्न बुटवल उपमहानगरले मुलुकमै पहिलो पटक एक वन बहुपोखरी कार्यक्रम ल्यायो । चुरेमा रहेका वनहरुमा बुटवलले पोखरी निर्माण ग¥यो । जसलाई पछि लुम्बिनी प्रदेश सरकारले पनि कार्यक्रममा समावेश गरेर प्रदेशभरी विस्तार गरेको छ । वनमा पोखरी निर्माण भएपछि त्यसले पानीको रिचार्ज गर्ने र प्राकृत्तिक मुललाई सुख्न नदिने हुँदा यो वातावरणीय हिसाबले ज्यादै नै उपयोगी हुने विज्ञहरुको भनाइ छ । बुटवललगायका क्षेत्रको वातावरण, पानीका प्राकृत्तिक स्रोतको गहिरो अध्ययन गर्दै आउनु भएका इन्जिनियर डाक्टर खेटराज दाहालले बुटवलबाट सुरु भएको एक वन बहुपोखरी कार्यक्रम वातावरणीय हिसाबले मुलुककै नमुना रहेको बताउनु भयो ।
बुटवलका १९ वटै वडालाई एउटै सञ्जालमा जोड्ने र समुदायस्तरबाट सञ्चालित आयोजनालाई अझ संरक्षण गर्दै व्यवस्थित बनाउने बुटवल उपमहानगरको योजना छ ।
झुम्सा खोलामा यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले अर्को व्यवस्थित ड्याम र इन्ट्याक्ट निर्माण सुरु भएको छ । नेपाल खानेपानी संस्था बुटवलका प्रमुख मोहनदत्त भट्ट बुटवलको खानेपानीको अभावलाई दीर्घकालीन रुपमा समाधान गर्नेगरि योजना बनिरहेको बताउनु हुन्छ ।
झुम्सा खोलाबाट दुई वर्षभित्र मेनलाइनको पाइप बिच्छाउने र मुहानमा ड्याम निर्माण सम्पन्न गरेर ट्याङ्की निर्माण गरिने उहांले बताउनु भयो । त्यसपछि सर्भिस लाइनका पाइप बिछ्याउने र विस्तारै बुटवलका सबै वडामा पुराइने छ । त्यहाँदेखि झुम्सा हुँदै बुटवलको रामफेदीसम्म यसअघि बिछ्याइएका पाइपलाई पनि मर्मत गरिने भएको छ ।
यसअघि बिछ्याइएका १० इन्च पाइपसँगै अब २० इन्चका पाइप थपिने छ भने झुम्सादेखि बाँध स्थलसम्म यसअघिका २० इन्चका पाइपसँगै अब थप २० इन्चका पाइप बिछ्याइने छ । बाँधसँगै मुख्य ‘ट्रान्समिसन पाइप’ लाइनको पनि निर्माण सम्झौता भएर काम गरिने खानेपानी संस्थानका प्रमुख भट्टले बताउनु भयो । यो कामलाई पनि विसं.२०७९ वैशाखभित्रै सक्ने लक्ष्य लिइएको उहांले बताउनु भयो ।

≪ Previous Post

जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेश प्रहरीको ३ महिने अभियान

Next Post ≫

गुणस्तरहिन २१ सय बढी थान सिलिण्डर नष्ट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क