Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बैक संचालकहरुको षडयन्त्र एक व्यक्ति एक सहकारी ः सहकारी अभियान्ताको ठह
कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव सुरु

कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय...

अर्थ धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
संसद बिघटन अग्रगामी कदम हो : उर्जामन्त्री रायमाझी

संसद बिघटन अग्रगामी कदम हो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बैक संचालकहरुको षडयन्त्र एक व्यक्ति एक सहकारी ः सहकारी अभियान्ताको ठह

संसारपोस्ट संवाददाता · २८ पुष २०७७ · 0
बैक संचालकहरुको षडयन्त्र एक व्यक्ति एक सहकारी ः सहकारी अभियान्ताको ठह
110
SHARES
ShareTweet

बुटवल २८ पुस
एक व्यक्ति समान प्रकृतिको एक सहकारी भन्दा बढीमा शेयर सदस्य हुन नपाउने भन्ने विषय बैकं संचालकहरुको षडयन्त्र भएकाले त्यस्तो नियम लागु गर्न नहुनेमा सहकारीका विज्ञहरुले औल्याएका छन ।
बदलिदो बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारण सभा र चौथो अधिवेशनमा मंगलवार बुटवलमा वोल्ने सहकारी अभियान्ताहरुले बैकं तथा वित्तिय संस्थाका लगानी कर्ताहरुलाई आर्थिक अभाव हुन थालेपछि र सहकारीले सर्व सुलभ कर्जा प्रदान गर्न थालेकाले अतालियर सहकारीमा सकुचन गर्ने नीति ल्याउन सरकारलाई दवाव दिएको समेत बताएका छन ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका संचालक रामकृष्ण खांणले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नु पर्ने र उक्त लगानीवाट उत्पादित वस्तुको सहकारीले नै बजारी करण गर्ने व्यवस्थाउन मिलाउन माग गर्नु भयो । सहकारीले महिलाहरुको सशक्तिकरण र आर्थिक सम्बृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउदै खांणले घरेलु हिंसा रोक्नका लागि टेवा पुराएको तर्फ राज्य संचालकहरु गम्भिर हुन माग गर्नु भयो ।
साधारण सभाले अध्यक्ष प्रकाश गैरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामचन्द्र खड्काले प्रस्तुत गर्नु भएको आयव्ययको प्रतिवेदन र लेखा समितिका संयोजक हरि घिमिरेले प्रस्तुत गर्नु भएको लेखा प्रतिवेदन पारित भएको सचिव वसन्ती न्यौपानेले बताउनु भयो ।
कार्यक्रममा ५ नम्बर प्रदेश बचत तथा ऋण सहकारीका सचिव बसन्त ढकाल, बुटवल उपमहानगरपालिका सहकारी प्रमुख गुनाखर खनाल नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद वेल्वासे संस्थाका उपाध्यक्ष नर बहादुर रजाली लगायतले सहकारीले शेयर सदस्यहरुको नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुराएको धारणा राख्नु भएको थियो ।
सहकारीको अधिवेशनवाट पुनः प्रकाश गैरेकै अध्यक्षतामा नयां नेतृत्व सर्व सम्मत रुपमा चयन भएको छ ।
सहकारीको उपाध्यक्षमा नर बहादुर रजाली ,सचिवमा वसन्ती न्यौपाने कोषाध्यक्षमा तुल्सीराम पाण्डे चयन हुनु भएको निर्वाचन समितिका डिल बहादुर थापाले बताउनु भयो ।
सहकारीको सदस्यमा यणेश वस्याल, अनिल कुमार पाण्डे सुशिल न्यौपाने, मीना घिमिरे, सत्यवती नेपाल, हरि प्रसाद उपाध्य र रामनारायण श्रेष्ठ चयन हुनु भएको छ ।
त्यस्तै लेखा समिति संयोजकमा टोपलाल घिमिरे,सदस्यमा घनश्याम अर्याल र भूमीमाया राना चयन हुनु भएको छ ।

≪ Previous Post

गुणस्तरहिन २१ सय बढी थान सिलिण्डर नष्ट

Next Post ≫

होटल पौवाले माघे संक्रान्तिमा निशुल्क परिकार खुवाउने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क