Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई सबैले स्वीकार्नुपर्छ : कांग्रेस नेता भण्डारी भण्डारी
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई सबैले स्वीकार्नुपर्छ : कांग्रेस नेता भण्डारी भण्डारी

संसारपोस्ट संवाददाता · २८ पुष २०७७ · 0
सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई सबैले स्वीकार्नुपर्छ : कांग्रेस नेता भण्डारी भण्डारी
120
SHARES
ShareTweet

बुटवल, २८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गेत गरेको संसद बिघटन संविधान बिपरित रहेको भन्दै उहाँले सर्बोच्च अदालतमा रहेको बिचाराधीन मुद्धामाथि सडकबाट फैसला गर्न नहुने समेत प्रष्ट पार्नु भयो ।
‘संविधानमा रहेका अस्पष्टताबारे व्याख्या गर्ने सर्वोच्च अदालतले हो,सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई सबैले स्वीकार्नुपर्छ ।’ उहांको भनाई छ । आफ्नै असक्षमताले जनताका पक्षमा कुनैपनि काम गर्न नसकेपछि सरकारले जनतासामु आत्मसमर्पण गरेको उहांको निष्कर्ष रहेको छ ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै उहांले भन्नु—‘हामीले बनाएको संविधानमा अन्तिम फैसला गर्ने अधिकार सर्बोच्च अदालतको रहनेछ भनिएको छ, त्यसैले अदालतले संसद पुर्नस्थापना गरेमा वा निर्वाचन गर भनेमा जे भनेपनि सबै दलले मान्नु पर्छ । उहांले सर्बोच्चमा विचाराधिन विषयमा पूर्व प्रधानन्याधिसहरुले बोल्नु गलत भएको बताउनु ।
विधिको शासन र व्यवस्थाप्रति विस्वास गर्नेहरु संसद विघटनका बारेमा सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको विषयमा बोल्नु हुदैन थियो ।’ उहांले भन्नु भयो । वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकिरहेको अवस्थामा केपी ओलीले संसद विघटन गर्नु सकारात्मक भएको समेत उहांले बताउनु भयो ।
‘अब हुने निर्वाचनबाट नेपाली जनताले यस्ता काम गर्न नसक्ने असक्षम दल र नेतालाइ बिदाइ गर्नेछन्, त्यसैले यो अवसर पनि हो ।’ उहांको भनाई छ । करिव दुई तिहाई बहुमत सहितको नेकपाको सरकार असफल भएकाले अब जनताले आफै मूल्यांकन गरेर फैसला गर्ने बेला आएको उल्लेख गर्नुभयो । कोरोनाका बेला पनि नेकपाभित्र जनजीविकाका सवाल भन्दापनि बढी कुर्सी र पदकै लागि झगडा भइरह्यो,यो सरकारले कुनै काम गर्न नसक्ने भएपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक रहेको उहांले वताउनु भयो ।’
नेता भण्डारीले नेपाली कांग्रेसको महाधिबेशन भदौभित्र गरिसक्नुपर्ने भन्दै सक्रिय सदस्यताको विवाद माघसम्म टुंगिने बताउनु भयो । देश र संविधान धरापमा भएकाले कांग्रेसले मात्रै यसको समाधान गर्ने र देशलाइ बचाउने उहाँको दाबि थियो । फरक प्रसंगमा भण्डारीले आफुले अखण्ड लुम्बिनीको पक्षमा बोल्दा आफुलाई सबैतिरबाट खेदिएको र निर्वाचनमा हराउन गुल्मीमा निर्बाचन क्षेत्र समेत काटेर यताउता गरिएको स्मरण गराउनु भयोे । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

≪ Previous Post

रुपन्देही सियारीकी ७२ वर्षीया बृद्धा बेपत्ता

Next Post ≫

जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेश प्रहरीको ३ महिने अभियान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क