बुटवल २८ पौष । रूपन्देहीको सियारी गाउँपालिका –५ बन्घुसरीबाट यही पुस २० गतेदेखि हराउनु भएकी ७२ वर्षीया वृद्धा लक्ष्मी सुवेदीको परिवारले उहांको खोजी गरिदिन सबैसँग अनुरोध गरेको छ । धेरैकुरा बिर्सने समस्याका कारण बाटो बिराएर अन्यत्र जहाँ पुग्नु भएको भएपनि आफूहरूलाई खबर गरिदिन उहाँको परिवारले आग्रह गरेको छ ।
मीठो बोल्ने, आफ्ना छोराहरूको नाम, घर बन्घुसरी एवम् छपिया बताउन सक्ने र चिया पिउन रूचाउने लक्ष्मी सात दिनदेखि धेरै ठाउँमा खोजी गर्दासमेत नभेटिएको भन्दै परिवारले दुःखेसो गरेको छ । साथै, आमासँग भेट गराइदिनेलाई दश हजार रूपियाँ पुरस्कार समेत दिने छोरा मञ्जिल सुवेदीले बताउनु भएको छ ।
२० गते घरबाट निस्कँदा कालो–पहेंलो लुंगी, हल्का रातो सल, स्विटर, कालो ऊनको टोपी र निलो चप्पल लगाउनुभएकी उहाँलाई २२ गतेतिर हरैया क्षेत्रका बासिन्दाले देखेको बताएपनि भेटाउन नसकिएको भन्दै वृद्धा आमाको उद्दार तथा कल्याणका लागि नजिकैको प्रहरी, सञ्चारमाध्यम वा आफ्नो मोबाइल ९८५७० ३९९९२ मा खबर गरि सघाउ पु¥याइदिन सुवेदीले अनुरोध गर्नुभएको छ ।
