Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ नगरस्तरीय भलिबलको उपाधि कुंवरवर्ती र नवज्योतिलाई
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नगरस्तरीय भलिबलको उपाधि कुंवरवर्ती र नवज्योतिलाई

संसारपोस्ट संवाददाता · २८ पुष २०७७ · 0
नगरस्तरीय भलिबलको उपाधि कुंवरवर्ती र नवज्योतिलाई
60
SHARES
ShareTweet

बुटवल, २८ पुस । प्रथम तिलोत्तमा नगरपालिका मावि स्तरीय छात्र–छात्रा भलिबलको उपाधि क्रमशः कुंवरवर्ती इङलिस बोर्डिङ स्कूल प्रदिपनगर र नवज्योति बोर्डिङ स्कूल चार नम्बरले जितेका छन् । तिलोत्तामा–८स्थित कुंवरवर्ती बोर्डिङ स्कूलमा सोमबार सम्पन्न फाइनलमा सेन्ट जोसेफ मावि भलबारीलाई पराजित गर्दै कुंवरवर्तीले उपाधि जितेको हो । छात्र भलिबलमा सेन्ट जोसेफ मावि उपविजेता र सिद्धार्थ बोर्डिङ स्कूल डिङगरनगर तेस्रो भएका छन् । यस्तै छात्रातर्फको फाइनलमा कुंवरवर्ती बोर्डिङ स्कूललाई पराजित गर्दै नवज्योति बोर्डिङ स्कूल चार नम्बरले उपाधि जितेको छ । छात्र तथा छात्रा दुबैतर्फ फाइनलमा पुग्ने एक मात्र विद्यालय कुंवरवर्ती बनेको छ ।
छात्रातर्फ कुंवरवर्ती उपविजेता हुंदा सिद्धार्थ बोर्डिङ स्कूल तेस्रो भएको छ । विजयी टिम र विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी, नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङ, नेकपा तिलोत्तमा नगर सचिव लक्ष्मण खनाल, नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । छात्र र छात्रा दुबैतर्फको उपाधि विजेता,उपविजेता र तेस्रो हुने टिमले क्रमशः नगद ३० हजार,२० हजार र १० हजार रुपैया प्राप्त गरेका छन् । नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजना तथा कुंवरवर्ती इङ्गलिस बोर्डिङ स्कुलको संयोजनमा भएको प्रतियोगितामा छात्रतर्फ नगरका १८ र छात्रातर्फ ११ विद्यालयको सहभागिता थियो ।

≪ Previous Post

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

Next Post ≫

रुपन्देही सियारीकी ७२ वर्षीया बृद्धा बेपत्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क