Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

संसारपोस्ट संवाददाता · २७ पुष २०७७ · 0
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
70
SHARES
ShareTweet

बुटवल, २७ पुस । आज पुस २७ गते, २९९ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस । नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडे भएपनि जनस्तरबाट भने विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गरिएको छ । यस बर्ष पनि रुपन्देही लगायत विभिन्न जिल्लामा जनस्तरवाट पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी पृथ्वी नारायण शाहको योगदानको सम्झना गर्ने तयारी गरिएको छ । पृथ्वी नारायण शाहले गरेको नेपाल एकीकरण, नेपालमा न्याय प्रणालीको सुरुवात र राज्य ब्यवस्थापनका दिब्य उपदेशहरु आज उत्तिकै सान्दर्भिक मानिएका छन् ।
पृथ्वीनारायण शाहले ससाना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरेर आधुनिक नेपालको जग बसालेका थिए । पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको थियो । पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू–भाग नेपाल अधिनस्थ थियो ।
गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा शाहको वि.सं. १७७९ पौष २७ गते जन्म भएको थियो भने वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा निधन भएको थियो ।

≪ Previous Post

प्रगतिनगर सामुदायिक विद्युत सहकारीको चौथो साधारण सभा

Next Post ≫

नगरस्तरीय भलिबलको उपाधि कुंवरवर्ती र नवज्योतिलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क