Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रगतिनगर सामुदायिक विद्युत सहकारीको चौथो साधारण सभा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रगतिनगर सामुदायिक विद्युत सहकारीको चौथो साधारण सभा

संसारपोस्ट संवाददाता · २६ पुष २०७७ · 0
प्रगतिनगर सामुदायिक विद्युत सहकारीको चौथो साधारण सभा
70
SHARES
ShareTweet

उपभोक्तालाई इण्डक्सन चुल्हो दिने योजना
बुटवल, २६ पुस । बुटवल–११ प्रगतिनगरमा रहेको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष जितबहादुर मल्लले निकट भविष्यमा सहकारीका शेयर सदस्यहरुलाई धुंवारहित इन्डक्सन चुल्हो प्रयोग गर्न दिने योजना रहेको बताउनुभयो । इन्डक्सन चुल्हो स्वास्थ्य र वातावरणका दृष्टिले राम्रो र एलपी ग्यासको तुलनामा सस्तो हुन्छ । त्यसका लागि प्रगतिनगरमा रहेको ट्रान्सफर्मरको पावर बृद्धिका लागि पहल गर्ने योजना बनाएको अध्यक्ष मल्लले बताउनुभयो । यस्तै आफ्नो कार्यक्षेत्रभित्रका सडक वत्तीको महसुल सहकारीले तिरिदिने, प्रगतिनगरमा सभाहलको आवश्यकता रहेकाले सहकारीको कार्यालयको छतमा सभाहल बनाउने तथा एलपी ग्यास उद्योग सञ्चालनका लागि अध्ययन अवलोकन गर्ने योजना समेत संस्थाको रहेको अध्यक्ष मल्लले बताउनु भयो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाखर खनालले समुदायको पहलमा विद्युत वितरण र चुहावटलाई रोकेर सहकारीले नमूना काम गरेको भन्दै शेयर सदस्य विस्तार गर्न सुझाव दिनुभयो ।
सहकारीका सल्लाहकार तथा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय सचिव यम बहादुर पछाईले सक्षम नेतृत्वका कारण रुपन्देहीको पहिलो सामुदायिक विद्युत सहकारीले राष्ट्रियरुपमै चर्चा कमाएको बताउनुभयो । सामुदायिक विद्युतको सुरुवात १ सय ९ वर्ष पुग्दा पनि देशका विभिन्न जिल्लाका १२ प्रतिशत जनतामा विद्युतको पहुँच नपुगेको उहांले वताउनु भयो । बुटवल–११ का वडा सदस्य माया दर्नालले विगतमा राज्यको पहुंच नपुगेको अवस्थामा सहकारीले जनतालाई विद्युत सेवा पु¥याएर प्रगतिनगरको विकासमा महत्वपूर्ण योगदान गरेको बताउनु भयो । सहकारीका कोषाध्यक्ष नरेश कुमार पुनले आ.व. २०७६÷०७७ को आर्थिक विवरण तथा आ.व. २०७७÷०७८ को विनियोजित बजेट प्रस्तुत गर्नुभयो भने लेखा समिति संयोजक बुद्धि प्रसाद शेरचनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको वार्षिक प्राविधिक प्रतिवेदन सहकारीका व्यवस्थापक नर बहादुर भण्डारीले प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले सबै प्रतिवेदनहरु सर्वसम्मतिले पारित गरेको छ । सहकारीमा हालसम्म शेयर पुँजी रु ३३ लाख ६९ हजार ७ सय, संस्थाको मुनाफा रु ११ लाख ५१ हजार ९ सय ४२ रहेको छ भने १३७२ जना शेयर सदस्य संस्थामा आवद्ध रहेका छन् । विं.सं. २०६० सालमा दर्ता भएर २०६३ सालमा सञ्चालनमा आएको उक्त संस्था २०७३ साल माघ २३ गते सहकारीमा रुपान्तरण भएको हो ।
सहकारीका अध्यक्ष जितबहादुर मल्लको अध्यक्षता, उपाध्यक्ष राजेश कुमार गुप्ता तेलीको स्वागत र सचिव राजेश बहादुर बुढाथोकीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाले सिनियर इलेक्ट्रिसियन अर्जुनप्रसाद कोइरालालाई सम्मान गरेको व्यवस्थापक नरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

≪ Previous Post

प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र दाङ विजयी

Next Post ≫

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क