Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ आज ३७ औँ विपी स्मृति दिवस, विभिन्न कार्यक्रम सहित मनाईदै
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज ३७ औँ विपी स्मृति दिवस, विभिन्न कार्यक्रम सहित मनाईदै

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७६ · 0
आज ३७ औँ विपी स्मृति दिवस, विभिन्न कार्यक्रम सहित मनाईदै
100
SHARES
ShareTweet


बुटवल, ६ साउन । नेपालकका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३७ औँ स्मृति दिवस आज मनाइँदै छ । नेपाली काँग्रेसले संस्थापक नेता कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै आएको छ । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा विश्वेश्वर प्रसाद कोईराला राजनैतिक जीवनमा १८ महिना मात्र निर्वाचित प्रधानमन्त्रीका रूपमा सत्ताको नेतृत्व सम्हाल्ने अवसर पाएर पनि चिरकालसम्म सबैको स्मृतिपटलमा रहन र प्रेरणाको स्रोत बन्न सफल हुनुभयो । कोइराला राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिका महान् समाजवादी चिन्तक एवम् सच्चा राष्ट्रवादी नेताका रूपमा नेपालको राजनीतिक इतिहासमा सुपरिचित हुनुहुन्छ । आफ्नो जीवनकालभर नेपाली राजनीतिको केन्द्रबिन्दु भएर रहनुभएका कोईराला देहावसान पछि पनि नेपाली राजनीति र समाजमा अमिट छाप छाडेर जानुभएको छ । त्यसैले वि.सं. २००७ सालको क्रान्तिपछिको ६ दशक लामो प्रजातान्त्रिक आन्दोलनको इतिहास कोइरालाकै सेरोफेरोमा घुमिरहेको जीवन्त र गर्विलो ईतिहास हाम्रा सामु छ ।
२००३ सालमा नेपाली कांग्रेसको स्थापना,२००७ सालको क्रान्ति, २०१४ सालको सत्याग्रह होस् वा २०३६ को ऐतिहासिक जनमतसङ्ग्रह, यी सबै महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा कोइरालाको नेतृत्वदायी भूमिका रहेको थियो । नेपाली कांग्रेसको अगुवाइमा भएको सात सालको क्रान्तिबाट नेपालमा एक शताब्दी लामो जहानियाँ राणाशासनको अन्त्य गरी नेपाल र नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने काम कोइरालाकै अगुवाईमा भएको पाईन्छ ।
बिपीले आजभन्दा साढे पांच दशकअघि नै समावेशी प्रजातन्त्रलाई आत्मसात् गर्नुभएको थियो । तत्कालीन क्याबिनेटमा मधेशी, नेवार, जनजाति, महिलालाई स्थान दिएर जातीय र वर्गीय सन्तुलन मिलाइएको थियो । द्वारिकादेवी ठकुरानी बिपीका क्याबिनेटका मन्त्री हुन जो नेपालकै इतिहासमा पहिलो महिला मन्त्रीमा गनिन्छन् । त्यसैगरी उहांले गणेशमान सिंह, जमानसिंह गुरुड., प्रेमबहादुर आङदेम्बे, रामनारायण मिश्र, परशुनारायण चौधरीजस्ता व्यक्तित्वहरूलाई आफ्नो मन्त्रीमण्डलका सदस्य बनाएबाट उनी कति दूरदर्शी हुहुन्थ्यो भन्ने कुरा स्पष्ट हुन्छ ।
तसर्थ दुरदर्शि राजनेता विपि कोईरालाका अनुयायी हामीहरु विपि कोईरालाले अगाडी सारेका समाजवादी सोच चिन्तन र व्यवहारलाई आत्मसात र अवलम्बन कति गरेका छौ र विपिले देखेका नेपाली समाजको सपना र उहांले कोरेको मार्ग चित्रमा नेपाली काँग्रेस हिडिरहेको छ या छैन यो अहं प्रश्न हो । प्रजातन्त्र, समाजबाद, राष्ट्रिय एकता तथा मेलमिलाप जस्ता बहुआयामिक बिचारधाराका प्रबद्र्धधक, नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् महामानव वि.पि कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा उहाप्रति श्रद्धा सम्मान ।
यसैवीच विपी स्मृति दिवसको अवसरमा आज रुपन्देहीमा पनि विविध कार्यक्रमहरु आयोजना गरिएका छन् । बुटवल उपमहानगर समितिले बिहान बुटवलको बी.पी.चोकमा रहेको स्व बी पी कोईराला को शालिकमा माल्यार्पण गर्ने कार्यक्रम राखेको छ । बिहान ८ बजे हुने कार्यक्रममा काग्रेस नेता कार्यकर्ता तथा शुभेच्छुकहरुलाई उपस्थित हुन नगर सभापति खेलराज पाण्डेले आग्रह गर्नुभएको छ ।
यस्तै नेपाली कांग्रेस जिल्ला कार्यसमितिले दिउसो तिलोत्तमाको वडा नम्वर १७ विपि ग्राम सेवा केन्द्रमा बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । बिहान ११ बजे पश्चात हुने कार्यक्रममा सहभागिताका लागि जिल्ला ल रज्जाकले कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।

≪ Previous Post

बुद्धका मुर्ति तोडफोड गर्नेलाई कारवाही गर्न विएमजी ग्रुपको माग

Next Post ≫

क्रान्तिकारी पत्रकार महासंघद्वारा पत्रकार जैसीलाई कारवाही

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क