बुटवल २६ पुस
सम्पूर्ण रुपन्देही बासी नाममा सोमवार बुटवलमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जयन्ती मनाउने, वृहत र्याली सहित सभा गरेर मनाउने भएको छ ।
जितगढी किल्लावाट दिउसो १ वजे मोटरसाईकिल ,गाडी सहितको विसाल र्याली बुटवल बजार परिक्रमा गरि योगिकुटी पुगेु पुनः राजमार्ग चौराहामा आएर पैदल मार्च पास गदै पुष्पलाल पार्कमा पुग्ने कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक कृष्ण प्रसाद पुनले बताउनु भयो ।
आईतवार जितगढीमा रहेको जितगढी पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पुथ्वी जयन्तीलाई राष्ट्रिय चाडका रुपमा मनाउनु पर्ने र सरकारले त्यस दिन सार्वजनिक विदा दिन माग पनि गरिएको थियो । पृथ्वी नारायण शाहले नेपालको राष्ट्र निमार्ण नगरेको भए अहिले नेपाली भन्न कहाँ पाईन्थ्यो भन्दै वक्ताहरुले यति ठुलो योगदानलाई कदापी भुल्न नहुने धारणा राखेका थिए । हिन्दुमात्र नभई सबै जातजाती धर्म समुदायलाई कार्यक्रममा सहभागिताका लागि आयोजकले आह्वान गरेका छन । पृथ्वी नारायण शाहको उपदेश अनुसार मुलुक संचालन हुनु पर्ने र संस्कार जोगाउन ओमकार परिवार लागि परेको पनि पत्रकार सम्मेलनमा बताईएको थियो । कार्यक्रममा योगी बलभद्धनाथ, पूर्वमन्त्री प्रकाश चित्रकार अनिल जैसवाल लगायतले पृथ्वी नारायण शाहको उपदेश मानव जगतको रक्षाका लागि उपरिहार्य भएको धारण राख्नु भएको थियो । सोमवारको सभामा योगी बलभद्धनाथ, पूर्वमन्त्री प्रकाश चित्रकार , दिपेन्द्र ढकाल, चक्रपाणी भण्डारी र रुपसिंह थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बुटवलमा सोमवार १५ हजार जनता र्यालीमा सहभागिता रहने आयोजकले बताएका छन ।
