Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलको सडक क्षेत्रका साढे ३ सय बढी घरमा डोजर लगाएर भत्काइयो
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको सडक क्षेत्रका साढे ३ सय बढी घरमा डोजर लगाएर भत्काइयो

संसारपोस्ट संवाददाता · २६ पुष २०७७ · 0
बुटवलको सडक क्षेत्रका साढे ३ सय बढी घरमा डोजर लगाएर भत्काइयो
110
SHARES
ShareTweet

बुटवल,२६ पुस
लामो समय देखि अबरुद्ध हुदै आएको बुटवलको सडकनिमार्णको कार्य डिभिजन सडक कार्यालय बुटवलले सडक क्षेत्रभित्र परेका घरमा डोजर लगाएर भत्काउन सुरु गरेसंगै अगाडी बढने भएकोे छ ।
सडक क्षेत्र मिचेर बनेका घर टहरा खाली गराउन अदालतले बाटो खोलिदिएपछि डिभिजन सडक कार्यालय बुटवलले आइतबार बिहानै बुटवलका सडक क्षेत्रभित्र परेका घरमा डोजर लगाएर भत्काउन सुरु गरेको हो ।
बुटवल–बेलहीया व्यापारिक मार्ग सडक विस्तार आयोजनाले सडक क्षेत्र मिचेर बनेका घर टहरा खाली गर्न दिएको २४ घण्टे अल्टिमेटमको समय सकिएपछि आइतबार बिहानदेखि डोजर लगाएर घर भत्काउन सुरु गरेको हो ।
उक्त म्यादमा केही घरधनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन सुरु गरे पनि केहीले अटेर गरेपछि आइतबार बिहानै ठूलो संख्यामा प्रहरी परिचालन गरी बुटवलको ट्र्राफिक चोकबाट सडक मिचेर बनाएका घर टहरा भत्काउन सुरु भएको थियो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक क्षेत्र मिचेकोमा २ सय जनाभन्दा बढीले यसअघि नै घर भत्काइसकेका छन । उक्त सडक खण्ड ६ लेनको बनाउने क्रममा केही घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तारको काम डेढ वर्षदेखि रोकिएको थियो ।
घरधनीहरुको तर्फबाट नारायणीदेवि प्रधानलगायतका २४ जनाले अदालतमा मुद्दा हालेपछि सडक विस्तार रोकिएको थियो । तर, सर्वोच्च अदालतले पुस २० गते पछिल्लो रिट निवेदनमा गत असार ९ गते दिएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने ठहर गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको हो ।
सडक क्षेत्र मिचेर बनाइएका घर टहर हटाउन पटकपटक आग्रह गरे पनि अटेर गरेपछि बाध्य भएर डोजर लगाएर भत्काउन थालेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताउनुभयो । डेढ वर्षअघि उच्च अदालत तुल्सीपुर,बुटवल इजलासले पछिल्लो पटक जग्गाधनीहरुलाई जिल्ला प्रशासन कार्यालय मार्फत कानुनी प्रकृया पु¥याएर मुआव्जा दिएपछि मात्र सडक बिस्तार कार्य गर्नु भन्ने आदेशसँगै बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तार अवरुद्ध भएको थियो ।

≪ Previous Post

रुपन्देहीका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको बिरोध सभा

Next Post ≫

पृथ्वीनारायण शाहको जयन्ती बुटवलमा सोमवार वृहत र्याली गरि मनाउने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क