Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको बिरोध सभा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको बिरोध सभा

संसारपोस्ट संवाददाता · २५ पुष २०७७ · 0
रुपन्देहीका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको बिरोध सभा
100
SHARES
ShareTweet

प्रधानमन्त्री र राष्ट्रपति मिलेर संवैधानिक र मौलिक अधिकार खोसे : खाँण
बुटवल, २५ पुस । नेपाली काँग्रेसले रुपन्देहीका १० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा आज बिरोध सभा तथा प्रदर्शन गर्यो । जिल्लाका ५ वटा निर्वाचन क्षेत्र अन्तर्गतका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा काँग्रेसले बिरोध सभा गरेको हो ।
बिरोध सभामा बोल्ने काँग्रेसका नेताहरुले कम्युनिष्टहरु प्रजातान्त्र र लोकतन्त्रबादी हुनै नसक्ने कुराको पुष्टि भएको बताए । दुई तिहाईको सरकार प्रमुखले पार्टीको अन्तरिक कलह मिलाउन नसकेर संविधान च्यात्ने काम गरेको भन्दै काँग्रेस नेताहरुले लोकतन्त्र र जनाधिकार रक्षाकालागि काँग्रेसको बिकल्प नभएको बताए ।
विरोध कार्यक्रम अन्तर्गत रुपन्देही क्षेत्र नं. ३ क को भैरहवामा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको संवैधानिक र मौलिक अधिकार खोसेको बताउनुभयो । प्रतिनिधि सभा बिघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै उहांले प्रधानमन्त्री केपि शर्मा ओली नसच्चिए सरकार मात्रै नभइ कम्युनिष्टहरु नै समाप्त भएर जाने बताउनुभयो ।
पुर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले प्रम ओलीको असंवैधानिक कदमलाइ साथ दिएर राष्ट्रपतिले आफुलाइ नेपाली जनताको नभइ ओलीको राष्ट्रपतिको रुपमा उभ्याएको अरोप पनि लगाउनु भयो । नेपाली काँग्रेसले जनताकै साथमा रहेर संविधान र लोकतन्त्रको रक्षाकालागि महत्वर्पूण कदम चाल्ने उहांले बताउनु भयो । विरोध सभामा क्षेत्र नं. २ क का सभापति पुरन प्रसाद श्रेष्ठ, प्रदेश सांसद रमा अर्याल, नगर सभापति दिलिप धिताल, प्राध्यापक संघका शंकर पन्थी लगायतले बोल्दै संविधान र जनाधिकार रक्षाकालागि काँग्रेसले चाल्ने हरेक कदमलाइ नेपाली जनताले साथ दिने बताउनुभयो । यस्तै नेता खाँणले क्षेत्र नं. ३ ख को अमुवामा भएको भेलालाइ पनि सम्बोधन गर्नुभएको थियो ।
यता रुपन्देही क्षेत्र नं. २ ख को ड्राइभरटोलमा भएको बिरोध सभालाइ काँग्रेस नेताहरु महासमिति सदस्य काजिमान श्रेष्ठ, क्षेत्रीय सभापति हरि लम्साल, २ ख का सभापति माधवलाल देवकोटा, महाधिवेशन प्रतिनिधि मनोरमा शेरचन, जिल्ला सदस्य जितबहादुर मल्ल, क्षेत्रीय उपसभापति मुक्ती अधिकारी, सचिव राममाया पौडेल, तरुणदलका सचिव रमेश शाही, नेविसंघका केन्द्रिय उपाध्यक्ष मुक्ति पौडेल, भुपु सैनिकका लालबहादुर भण्डारी, १ का वडा सभापति जोवन सिंह ठकुरी, लगायतले बोल्दै तीन बर्षमा जनहितका एउटा पनि काम गर्न नसकेको कम्युनिष्ट सरकारले संसद नै भंग गरेर संविधान माथि कु गरेको आरोप लगाउनु भयो । वत्ताहरुले कम्युनिष्ट सरकार दुर्भाग्यपूर्ण रहेछ भन्ने कुराको पुष्टि भइसकेकाले अव नेपाली काँग्रेसको झण्डा मुनी गोलबन्द हुन सबैलाइ आग्रह समेत गरे ।

यस्तै क्षेत्र नं. २ ख को नयाँगाँउमा भएको बिरोध सभालाइ महासमिति सदस्य युवराज गिरी, महासमिति सदस्य रामबहादुर कार्की, जिल्ला सदस्य गोबिन्द लम्साल, माया गौतम, बुटवल नगरसभापति खेलराज पाण्डे, सैनामैना सभापति रामप्रसाद अधिकारी, २ ख का सभापति पर्शुराम ढकाल लगायतले बोल्दै कम्युनिष्ट सरकारले मुलुकको लोकतान्त्रिक संबिधान च्यातेर देशलाइ अधिनायकबाद र अस्थिरता तर्फ धकेलेको बताउनुभयो । सचिव रबिन्द्रमान श्रेष्ठको संचालन र जमुना ढकालको स्वागतमा भएको बिरोध सभामा शान्ति समाजका केन्द्रिय उपाध्यक्ष गोबिन्द खनाल, डिएलएका प्रदेश अध्यक्ष गोकर्ण सिंह थापा, उदयराज काफले, डिल्ली शर्मा आर्चाय, पुरुषोत्तम बस्याल लगायतले बोल्दै लोकतन्त्र र संविधान रक्षाकालागि काँग्रेस शसक्त रुपमा अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

≪ Previous Post

स्व.किरण गुरुङ स्मृति ब्याडमिन्टनमा कुमार र जनकको समूह प्रथम

Next Post ≫

बुटवलको सडक क्षेत्रका साढे ३ सय बढी घरमा डोजर लगाएर भत्काइयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क