Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्व.किरण गुरुङ स्मृति ब्याडमिन्टनमा कुमार र जनकको समूह प्रथम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्व.किरण गुरुङ स्मृति ब्याडमिन्टनमा कुमार र जनकको समूह प्रथम

संसारपोस्ट संवाददाता · २५ पुष २०७७ · 0
स्व.किरण गुरुङ स्मृति ब्याडमिन्टनमा कुमार र जनकको समूह प्रथम
90
SHARES
ShareTweet

तिलोत्तमा, २५ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित खुल्ला बि लेभल ब्याडमिन्टन प्रतियोगितामा रुपन्देहीको बुटवल वेलवासका कुमार ठकुरी र जनक थापाको समूह प्रथम भएको छ । करिहया रुपन्देहीका नवीन गुरुङ र रुकबहादुर थापाको समूहलाई १७–२१ र १४–२१ को सोझो सेटमा पराजित गर्दै कुमार र जनकको समूह प्रथम भएको हो भने नवीन र रुकबहादुरको समूह दोस्रो भएको छ ।
त्यस्तै प्रतियोगितामा मधवलिया रुपन्देहीका रनबहादुर सारु र लक्ष्मण गुरुङको समूह तथा गैंडहवा रुपन्देहीका अनिल बि.क र लक्ष्मण रानाको समूह तेस्रो भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभएको थियो । प्रथम हुनेले २१ हजार १११, द्वितीयले ११ हजार १११ र तृतीयले ५ हजार १११ नगद हात पारे ।
त्यस अवसरमा वोल्दै मन्त्री गिरीले आयोजक नवज्योती युवा क्लवले सुविधासम्पन्न कभर्डहल बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरेको भन्दै क्लवको अभियानमा आफूले साथ दिने बताउनुभयो । उहांले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार युवाहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
प्रतियोगितामा उदीयमान खेलाडी बुटवलका १८ वर्षिय किरण थापा र गैडहवा रुपन्देहीका १६ वर्षिय लक्ष्मण रानालाई उत्कृष्ट खेलाडीको रुपमा सम्मान गरिएको थियो ।
समाजसेवी स्व.किरण गुरुङको स्मृतिमा नवज्योति युवा क्लब तिलोत्तमा रुपन्देहीको आयोजनामा प्रथम एनजेवाईसी खुल्ला बि लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितको अम्पायरमा प्रमोद पहारी र अर्जुन कार्की रहनुभएको थियो ।
क्लवका अध्यक्ष दिपेश कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक प्रेमबहादुर केसी, सचिव सागर भट्टराईलगायतले बोल्नुभएको थियो । प्रतियोगितामा रुपन्देही, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासीका ६४ वटा टिमले भाग लिएका थिए ।

≪ Previous Post

प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देहीको दोस्रो जित

Next Post ≫

रुपन्देहीका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको बिरोध सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क