Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देहीको दोस्रो जित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देहीको दोस्रो जित

संसारपोस्ट संवाददाता · २५ पुष २०७७ · 0
प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देहीको दोस्रो जित
70
SHARES
ShareTweet

भैरहवा, २५ पुस । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा रुपन्देहीले लगातार दोस्रो जित निकालेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा रुपन्देहीले कपिलवस्तुलाई ७९ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ३८ ओभरको खेलमा ८ विकेट गुमाई १६७ रनको योगफल बनायो । उसका लागि संदीप रजालीले ३९, देव खनालले ३३, संदीप सुनारले २७, विक्रम भुसालले नटआउट १७ र कृष्ण कार्कीले १६ रन बनाए ।
बलिङमा कपिलवस्तुका दुर्गेश कुर्मीले ४, गंगेशकुमार हरिजनले २, राज अग्रहरी र रमेश पाठकले १÷१ विकेट लिए । जवाफी ब्याटिङ गरेको कपिलवस्तुले २७.३ ओभरमा सबै विकेट गुमाई जम्मा ९८ रन मात्र बनाउन सक्यो । उसका लागि रमेश पाठकले २०, राज अग्रहरीले १४ र सुमन थापाले १३ रन बनाए । उसलाई सस्तैमा समेट्न बलिङमा रुपन्देहीका अनिल खरेल र विक्रम भुसालले ३÷३ तथा कृष्ण कार्की, दुर्गेश गुप्ता, नितेष थापा र संदीप सुनारले समान १÷१ विकेट लिए । रुपन्देहीका विक्रम भुसाल म्यान अफ द म्याचबाट पुरस्कृत भए । भोलि नवलपरासी र कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ ।
गु्रप ए अन्तरगत रुपन्देही, पाल्पा, कपिलबस्तु, नवलपरासीका खेलहरु भैरहवामा सुरु भएको हो । गु्रप बि अन्तरगत बाँके, दाङ र बर्दिया जिल्लाका खेलहरु दाङको देउखुरीमा भोलिबाट हुँदैछ । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगिताको समापन पछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाण्डौमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी लुम्बिनी प्रदेश क्रिकेट टिम तयार गरिने छ ।

≪ Previous Post

मेडिकोफ्युजनको ‘जथाभावी नथुकौं’ अभियान

Next Post ≫

स्व.किरण गुरुङ स्मृति ब्याडमिन्टनमा कुमार र जनकको समूह प्रथम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क