Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सदुपयोग सहकारीले लघुउद्यम कार्यक्रमकालागि सहुलियत ब्याज दरमा ऋण लागानी गर्ने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सदुपयोग सहकारीले लघुउद्यम कार्यक्रमकालागि सहुलियत ब्याज दरमा ऋण लागानी गर्ने

संसारपोस्ट संवाददाता · २६ पुष २०७७ · 0
सदुपयोग सहकारीले लघुउद्यम कार्यक्रमकालागि सहुलियत ब्याज दरमा ऋण लागानी गर्ने
100
SHARES
ShareTweet

तिलोत्तमा, २६ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको सदुपयोग बचत तथा ऋण सहकारी सस्थाको नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷०७७ कोषबाट समायोजन गर्ने गरी संस्थाका शेयर सदस्यहरुलाई शेयर पूँजीको १० प्रतिशत वोनस उपलब्ध गराउने प्रस्ताव पारित गरेको छ । साधारण सभाले स्थानीय युवाहरुलाई विदेश पलायनहुनवाट रोक्न उनीहरुवाट लघुउद्यम कार्यक्रमको प्रस्ताव आएमा सहुलियत ब्याज दरमा ऋण प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कर्णबहादुर टण्डनले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा प्रस्ताव गर्नुभएको महिलाहरुलाई आत्मनिर्भर गराउने गरी महिला लक्षित कार्यक्रम सञ्चालन गर्ने, पदाधिकारी तथा कर्मचारीको क्षमता अभिबृद्धि तालिम तथा रक्तदान गर्ने लगायतका प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।
सहकारीले कोभिड–१९ का कारण संस्थावाट ऋण लिएका शेयर सदस्यहरुको राहतका लागि ब्याज रकममा ५ प्रतिशत छुट र २०७७ मंसिर १५ सम्म हर्जाना मिनाहा गरिएको सहकारीका उपाध्यक्ष गोपाल कार्कीले जानकारी गराउनु भयो ।
साधारण सभामा सहकारीका कोषाध्यक्ष प्रकाश चापागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७÷०७८का लागि ३६ लाख ८५ हजार अनुमानित वजेट प्रस्तुत गर्नुभयो । यस्तै लेखा समिति संयोजक मुकुन्दराज कँडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्था संस्था पारदर्शी र संस्थागत रुपमा संचालन भएको र विगतका वर्षभन्दा यस वर्ष शेयर सदस्यहरुको संख्या र वचत दरमा बृद्धिभएको जानकारी गराउनु भयो ।
सहकारीका अध्यक्ष कर्णबहादुर टण्डनको अध्यक्षता र सचिव कमल अर्यालको संचालनमा भएको साधारण सभामा पत्रकार खिमानन्द भट्टराई, सल्लाहकार ईश्वरप्रसाद शर्मा, ऋण संयोजक ढकबहादुर टण्डन, कालिका अधिकारी, भिम पौडेल लगायतले वोल्दै सहकारीले लगानीका क्षेत्र वढाउंदै स्वरोजगारमुखी कार्यक्रम संचालन गर्नुपर्ने धारणा राख्नुभएको थियो । .

≪ Previous Post

पृथ्वीनारायण शाहको जयन्ती बुटवलमा सोमवार वृहत र्याली गरि मनाउने

Next Post ≫

प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र दाङ विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क