Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बोलबम जलार्पण यात्राको सहभागिताबाट आयोजक उत्साहित
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बोलबम जलार्पण यात्राको सहभागिताबाट आयोजक उत्साहित

संसारपोस्ट संवाददाता · ४ श्रावण २०७६ · 0
बोलबम जलार्पण यात्राको सहभागिताबाट आयोजक उत्साहित
60
SHARES
ShareTweet


संसार पोष्ट
सैनामैना, ४ साउन । यो वर्ष असार ३१ बाटै सुरु भएको श्रावणी मेला तथा बोलबम जलार्पण यात्राको सुरु दिनको सहभागिताबाटै आयोजकहरु उत्साहित भएका छन ।
विगतका वर्षहरुमा भन्दा यो वर्ष बोलबम यात्रामा सहभागी हुने बोलबम यात्री भक्तजनहरुको संख्या बढेको र बोलबम यात्रालाई व्यवस्थित र अझै सहज वनाउन श्रावणी मेला तथा बोलबम धाम व्यवस्थापन मूल समितिले दिनरात नभनेर काम गरेको पर्रोहा बोलबम मन्दिर व्यवस्थापन समितिका महासचिव प्रेम भुसालले जानकारी दिनुभयो ।
उहाँले बोलबम यात्रामा सहभागी हुन चाहने भक्तजनहरुलाई मन्दिर व्यवस्थापन समितिले सहज समन्वय गरी यात्रामा प्रोत्साहित गरिरहेको समेत बताउनु भयो ।
बोलबम यात्रा व्यवस्थापन समितिका संयोजक अर्जुन धमालले यात्रा व्यवस्थापनको जिम्मेवारी पहिलोपटक पाउँदा केही चुनौति हुन्छ कि भनेर चिन्ता लागेपनि अहिले भने यात्रामा सहभागि हुने भक्तजनको संख्या देखेर झनै उत्साहित वनाएको बताउनु भयो ।
उहाँले असार ३१ गतेको कपिलवस्तुको यात्रा नै उत्साहजनक भएको र त्यसवाट नै आफूहरुलाई यो वर्ष विगतमा भन्दा धेरै भक्तजन बोलबम यात्रामा सहभागी गराउन सकिन्छ भन्ने विश्वास जागेको बताउनु भयो ।
संयोजक धमालका अनुसार अव साउन ९ गते त्रिवेणीको लागि पैदल यात्रा तय गरिएको छ जस अनुसार १२ गते बोलबम धाममा आई जलार्पण गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी १८ गते देवघाटको लागि यात्रा तय भएको छ भने १९ गते बोलबममा आई जलार्पण गर्ने कार्यक्रम छ भने जलार्पण यात्राको अन्तिममा साउन २६ गते रिडीको यात्रा तय गरिएको छ ।
विगतमा भन्दा अहिले भक्तजनमा बोलबमप्रति लगाव बढ्दै गएकोले पनि यात्राप्रति विगतमा भन्दा अहिले धेरै श्रद्धालु बढिरहेको संयोजक धिमालको भनाई छ ।
बोलबम यात्रा व्यवस्थापन समितिका सचिव जगदिश वाग्लेले विगतमा भन्दा यो वर्ष सुरुकै कपिलवस्तुको लक्ष्मणघाट बोलबम यात्रा व्यवस्थित र भक्तजनको संख्याको हिसावले पनि उत्साहजनक भएको बताउनु भयो ।
उहाँले अव हुने त्रिवेणी, देवघाट र रिडीको बोलबम यात्रामा भक्तजनको सहभागिता बढाउन अहिले देखिएको उत्साहले पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पर्रोहा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवली चौधरीले विगतका अनुभवबाट पाठ सिक्दै बोलबम यात्रालाई थप प्रभावकारी वनाउने विश्वास व्यक्त गर्नुभयो ।
कपिलवस्तुको बोलबम यात्रामा सैनामैना नगरका नगर प्रमुख चित्रवहादुर कार्की, उपप्रमुख, बाणगंगा नगरपालिकाका प्रमुख समेत सहभागी हुनुभएको थियो जसवाट बोलबम यात्रा आयोजकहरुलाई थप उत्साह मिलेको बताइएको छ ।

≪ Previous Post

१४ वटा कृषि सहकारीलाई प्रदेश सरकारले दियो अनुदानमा पिकअप गाडी

Next Post ≫

जनताका मौलिक हकहरु खोस्ने दुष्प्रयास जारिराखे ओलीले ज्ञानेन्द्रकै नियति भोग्छन् ः काँग्रेस नेता खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क