Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ १४ वटा कृषि सहकारीलाई प्रदेश सरकारले दियो अनुदानमा पिकअप गाडी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

१४ वटा कृषि सहकारीलाई प्रदेश सरकारले दियो अनुदानमा पिकअप गाडी

संसारपोस्ट संवाददाता · ४ श्रावण २०७६ · 0
१४ वटा कृषि सहकारीलाई प्रदेश सरकारले दियो अनुदानमा पिकअप गाडी
100
SHARES
ShareTweet


संसार पोष्ट
ब्ुटवल, ४ साउन । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ ले रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, दाङ्ग र प्यूठानमा संचालित कृषि सहकारीहरुलाई अनुदानमा गाडी हस्तान्तरण गरेको छ । मन्त्रालयले शनिबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि १४ वटा कृषि सहकारीहरुलाई १४ वटा महेन्द्रा पिक अप गाडी प्रदान गरेको हो । सहकारीबाट सञ्चालन भएका कृषि संकलन केन्द्र तथा कृषि हाट बजारमा तरकारी ढुवानीको लागि यी गाडी प्रदान गरिएको हो ।
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुलाई गाडीको चाँपी प्रदान गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले प्रदेश ५ सरकारले कृषि सहकारी मार्फत किसानहरुको उत्पादन बजारिकरणमा विषेश जोड दिएको बताउनुयभयो । उहांले केहि दिन भित्रै बाँके जिल्लामा कार्यक्रम गरेर थप ५ वटा गाडी सो क्षेत्रका कृषि सहकारीहरुलाई प्रदान गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लेखा अधिकृत लक्ष्मण पौडेल, नयाँ बर्ष कृषि सहकारी संस्थाका अध्यक्ष जीवन न्यौपाने, सहकारी महाशाखा अधिकृत ज्ञानहरी पन्थी लगायतले बोल्दै यो कार्यक्रमले किसानहरुलाई आफ्नो उत्पादन वजारीकरणमा टेवा मिल्ने वताउनुभयो । कार्यक्रमको सञ्चालन कृषि प्रसार अधिकृत मुकेश रम्जालीले गर्नुभएको थियो ।
मन्त्रालयले १० लाख र सहकारीबाट ११ लाख ९५ हजार रुपैयाँ गरी कुल २१ लाख ९५ हजारमा महेन्द्र कम्पनीका पिक अप गाडी खरिद गरेर कृषि सहकारीलाई प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
गाडी प्राप्त गर्ने सहकारीहरुमा नयाँ कृषि अभियान कृषि सहकारी संस्था बुटवल रुपन्देही, कदम हिला कृषि सहकारी संस्था रुपन्देही, साना किसान कृषि सहकारी संस्था भुमिकास्थान नगरपालिका अर्घाखाँची, साना किसान कृषि सहकारी संस्था सन्धिखर्क अर्घाखाँची, सिलसिला बहुउदेश्यीय सहकारी संस्था सन्धिखर्क अर्घाखाँची, आशिष कृषि सहकारी संस्था कपिलवस्तु, नयाँ अभियान कृषि सहकारी संस्था गुल्मी, सुर्योदय कृषक बहुउदेश्यीय सहकारी संस्था दाङ्ग, गणेश गंगा कृषि सहकारी संस्था दाङ्ग, मैनादी कृषि सहकारी संस्था पाल्पा, जनसहारा कृषि सहकारी संस्था पाल्पा, हरिओम कृषि सहकारी संस्था प्यूठान, युगप्रवाह कृषि सहकारी संस्था प्यूठान र जेलबाङ्ग कृषि सहकारी संस्था रोल्पा रहेका छन् ।

≪ Previous Post

पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका लागि बुटवलमा दोस्रो क्याम्पा कोरा

Next Post ≫

बोलबम जलार्पण यात्राको सहभागिताबाट आयोजक उत्साहित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क