Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका लागि बुटवलमा दोस्रो क्याम्पा कोरा
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका लागि बुटवलमा दोस्रो क्याम्पा कोरा

संसारपोस्ट संवाददाता · ४ श्रावण २०७६ · 0
पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका लागि बुटवलमा दोस्रो क्याम्पा कोरा
90
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, ४ साउन । प्रदेश पाँचको राजधानी बुटवलमा क्याम्पा कोरा २०१९ सम्पन्न भएको छ । साईकिल सिटी बुटवलको आयोजनामा साईक्लिङ्ग मार्फत पर्यटन प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्धेश्यले दोस्रो पटक आयोजना गरिएको क्याम्पा कोरा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोटरी क्लब अफ सेन्ट्रल बुटवल, बुद्ध साईकल, द्धारिका उदय सिनेमा र भ्यु सिनेमाको सहयोगमा सम्पन्न भएको हो ।
बुटवल ट्राफिक चोकबाट प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरी, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले साईकल चलाएर कार्यक्रमको शुरुवात गर्दै जल बिनायक मन्दिर र ऐतिहासिक सामरिक जितगढी किल्ला पुग्नु भएको थियो ।
बुटवल र तिलोत्तमा नगरका धार्मिक, पर्यटकिय, ऐतिहासिक स्थलहरु जोड्ने गरि ५० किलोमिटर दुरिको कोरा भएको क्लबका अध्यक्ष धिरेन तुलाधरले जानकारी दिनुभयो । साईक्लिङसंगै यस क्षेत्रको पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने उद्धेश्यका साथ कार्यक्रम गरिएको उहांले बताउनु भयो । साईकल र्यालीमा सहभागिहरुलाई जितगढी टोल विकास संस्था, मुक्तिनाथ धाम मन्दिर, ब्रह्मकुमारी पिस पार्क तथा रिटे«ट सेन्टर, नरेश्वर धाम मन्दिर समिति, नवजिवन युवा क्लबले स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा बह्मकुमारी ईश्वरीय विश्व विद्यालयकी कमला दिदिले भौतिकसंगै चारित्रिक अनुशासन पनि त्यत्तिकै जरुरी रहेको वताउनु भयो । कार्यक्रममा सहभागि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले पर्यटन भ्रमण वर्ष साकार पार्न गरिएको कार्यक्रमबाट आन्तरिक पर्यटक भित्राउन सहयोग पुग्ने बताउनु भयो ।
त्यस्तै रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्की, कार्यक्रम संयोजक बिनोद जंग कार्की, जिल्ला साईक्लिङ संघका सचिव अशोक राई र कोषाध्यक्ष बिमल बस्नेतले सबैको सहयोगका कारण कार्यक्रम सफल भएको बताउनु भयो । कार्यक्रममा रुपन्देही र कपिलबस्तुका गरि दुई सय वढि साईकल यात्री सहभागि रहेका क्लवले जनाएको छ ।

≪ Previous Post

लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा कार्की

Next Post ≫

१४ वटा कृषि सहकारीलाई प्रदेश सरकारले दियो अनुदानमा पिकअप गाडी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क