Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दुई ट्रक गोरुसहित अवैध कार्यमा संलग्न ७ जना रुपन्देहीमा पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दुई ट्रक गोरुसहित अवैध कार्यमा संलग्न ७ जना रुपन्देहीमा पक्राउ

संसारपोस्ट संवाददाता · २३ मंसिर २०७७ · 0
दुई ट्रक गोरुसहित अवैध कार्यमा संलग्न ७ जना रुपन्देहीमा पक्राउ
100
SHARES
ShareTweet

बुटवल, २३ मंसिर । रुपन्देही प्रहरीले अवैध रुपमा भारततर्फ लैजांदै गरेको अवस्थामा जिल्लाको दुई स्थानवाट दुई ट्रक गोरु बरामद गरेको छ । देवदह नगरपालिका–११ शंकरपुरमा चेकजाँच गर्ने क्रममा ना.६ ख.३८६१ नं.को ट्रकमा राखेर अबैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको २७ गोटा गोरु, ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।
चेक जाँचको क्रममा अवैध कार्यमा संलग्न जिल्ला मकवानपुर हाडीखोला गाउँपालिका वडा न. ७ बस्ने वर्ष ४२ को ट्रक चालक अम्मर बहादुर घिमिरे र सहचालक जिल्ला रूपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष १९ को सुदिप खानलाई नियन्त्रणमा लिईएको रुपन्देही प्रहरीले जनाएको छ ।
यस्तै रुपन्देहीकै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ५ लोखडिया पश्चिम बाट अवैधरुपमा लु १ ख ९८९५ नम्बरको ट्रकमा लोड गरेर पुर्व तर्फ लैजादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले २८ गोटा गोरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सत्य बहादुर थापाले जानकारी दिनुभयो ।
प्रहरीले सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका वडा नम्बर २ कोलाघाट बस्ने ट्रक चालक बर्ष ३२ को गणेश बहादुर, सहचालक बर्ष १७ को बिरेन्द्र सुनार, नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा नम्बर १ डाँडाटोल बस्ने बर्ष १७ को भिम बहादुर बिक, कपिलबस्तु सुद्दोधन गाउँपालिका वडा नं. २ बस्ने बर्ष ५० को ईवारत मुसलमान र बर्ष ३० को मिठ्ु मुसलमान नियन्त्रणमा लिएकोछ । यसरी नियन्त्रणमा लिईएका अवैध कार्यमा संलग्न ब्यक्ति, ट्रक र गोरुलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि रुपन्देहीको भैरहवा स्थित पशु क्वारेन्टाईन चेक पोष्ट बेलहियामा पठाईएको रुपन्देही प्रहरीले जनाएको छ ।

≪ Previous Post

मोरङमा विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या

Next Post ≫

डा केसीद्धारा जन्मदिनमा चेपाङ बालबालिकालाई आर्थिक सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क